साप्ताहिक राशिफलः फागुन ४ देखि ११ गतेसम्म

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ४ : ०५


मेष- आम्दानीको स्तर बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवं आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवं विमारमा खर्च हुन सक्नेछ । स्वास्थ्यले धोका दिने एवं काममा बाधा आउनेछ । साताको अन्त्यमा भने अरुको सहयोग मिल्नाले आँटेको काममा फाइदा हुनेछ ।

वृष- मानसम्मानको योग रहेको छ । काममा प्रशंसा मिल्नाले अरुको नजरमा परिनेछ । व्यापार व्यावसायमा प्रगति एवं भोगविलासमा खर्च हुनेछ । नयाँ मित्रसँग भेटघाट एवं आँटेको काममा फाइदा मिल्नेछ । साताको अन्त्यमा भने हानी नोक्सानी बेहोर्नुपर्ने तथा यात्रामा सास्ती हुनसक्नेछ ।

मिथुन- धार्मिक भावना आउनेछ । परोपकारमा मन जाने एवं सामाजिक काममा व्यस्तता बढ्नेछ । वैदेशिक कामबाट फाइदा मिल्ने एवं ठूलाबडाको साथ मिल्नेछ । राजनीतिमा पहुँच बढ्ने तथा कारोबारमा वृद्धि हुनेछ । आर्थिक झन्झट टरेर जाने एवं कृषि चौपायामा सफलता मिल्नेछ ।

कर्कट- अनावश्यक विवाद आउनेछ । स्वास्थ्यमा समस्या एवं काममा अवरोध मिल्नेछ । आलोचनाको भय रहनेछ । साताको मध्यमा भने लामो यात्राको तय हुने एवं धर्म कर्ममा खर्च हुनेछ । साताको अन्त्यमा भने सरकारी क्षेत्रमा फाइदा नोकरीबाट लाभ एवम् काममा प्रतिष्ठा मिल्नेछ ।

सिंह- पारिवारिक जमघट रहनेछ । प्रेममा प्रगति एवं ससुराल पक्षबाट फाइदा मिल्नेछ । व्यवसायिक यात्रा गर्नुपर्ने देखिन्छ । साताको मध्यमा भने काममा अवरोध आउने तथा गुप्त शत्रुले काम बिगार्ने छन्, अपमानको भय हुनेछ । साताको अन्त्यमा भने काम सुचारु हुने एवं आँटेको कुरामा फाइदा मिल्नेछ ।

कन्या- स्वास्थ्यमा समस्या आउनेछ । मातृपक्षसँग मनमुटाव एवं स्त्री पक्षसँग सम्बन्ध बिग्रिनेछ । साताको मध्यमा भने व्यापारमा फाइदा एवम् परिवारमा खुशियाली बढ्नेछ । नयाँ वस्तुको प्राप्ति एवं कृषि तथा चौपायाबाट आम्दानी आउनेछ । साताको अन्त्यमा भने शुरू गरेको काम रोकिने, स्वास्थ्यमा समस्या आउने तथा अनावश्यक खर्च बढ्नेछ ।

तुला- कला, संगितमा रुचि जानेछ । सन्तानको सहयोगले काम बन्ने तथा विद्यामा प्रगति हुनेछ । खेलकुदमा सफलता मिल्ने तथा स्वास्थ्यमा सामान्य समस्या आउनेछ । विरोधीहरुको भय हट्ने तथा मनमा आत्मबल बढ्नेछ । साताको अन्त्यमा भ्रमण हुने, साथीभाइ भेटघाट रहने तथा व्यापार व्यवसायमा सन्तुष्टि मिल्नेछ ।

वृश्चिक- पारिवारिक समस्या आउनेछ । आपसी सरसल्लाह नमिल्नाले काम रोकिनेछ । जग्गाजमिनको विवाद एवं मानसिक तनाव बढ्नेछ । साताको मध्यमा भने आयश्रोत बढ्ने, विद्यामा रुचि जाने एवम् सन्तानको माया मिल्नेछ । साताको अन्त्यमा भने काममा समस्या आउने, अरुले बिगार्न खोज्ने तथा स्वास्थ्यले समस्या दिनेछ ।

धनु- छोटो यात्रा हुनेछ । भाइभाइको सहयोग मिल्ने तथा काममा बोझ थपिनेछ । नयाँ ठाउँको भ्रमण हुने तथा वादविवाद पर्न सक्नेछ । घरमा कुरा नमिल्नाले अरुले फाइदा लिनेछन् । भोजनको गडबडीले स्वास्थ्यमा समस्या आउनेछ । साताको अन्त्यमा भने सन्तानको सहयोग मिल्ने, विद्यामा प्रगति तथा धनसम्पतिको कारोबारमा फाइदा हुनेछ ।

मकर- पारिवारिक भेटघाट रहनेछ । धन सम्पत्तिको कारोबार बढ्ने एवम् छोटो यात्राको तय हुनेछ । मानसिक आत्मबल बढ्नाले काम छिटो पुरा हुनेछ । दाजुभाइबीच सहकार्य रहनेछ । साताको अन्त्यमा भने पारिवारिक समस्या एवं मानसिक अशान्ति बढ्नेछ । सरसल्लाह नमिल्नाले योजनामा अवरोध आउनेछ ।

कुम्भ- मनोरञ्जनमा खर्च हुनेछ । नयाँ मित्र भेटघाट एवम् साथीभाइसँग घुमफिर रहनेछ । भोजभतेरमा सहभागिता भइने एवं व्यापार व्यवसायमा सन्तुष्टि मिल्नेछ । पैसाको सहयोग आउने तथा साताको अन्त्यमा भने विदेश सम्बन्धी कामबाट फाइदा एवं जिम्मेवारी थपिनेछ

मीन- अनावश्यक खर्च बढ्नेछ । आर्थिक कारोबार घट्ने एवम् यात्रामा समस्या आउन सक्नेछ । आश्वासनमा आघात पुग्नेछ । साताको मध्यमा भने काममा प्रगति हुने, पारिवारिक सहयोगम मिल्ने र धन सम्पतिको योगमा वृद्धि हुनेछ । वैवाहिक कुरा चल्ने तथा इष्टमित्रसँग सम्बन्ध बढ्नेछ । सन्तोष मिल्नेछ । सवारी साधनको सुख मिल्ने तथा सन्तानको प्रगति देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्