काठमाडौँ । प्रहरीले चलाएको स्विप अपरेसनमा नयाँ बसपार्क क्षेत्रबाट ५७ जना पक्राउ परेका छन्।
प्रहरीले अवैध कार्यमा संलग्न रहेका ५७ जनालाई काठमाडौँको गोंगबु नयाँ बसपार्कक्षेत्रबाट पक्राउ गरेको हो।
नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत सञ्चालित स्विप अपरेसनका क्रममा गएराति मात्रै प्रहरीले ५७ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ।
पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अपरेसनका क्रममा प्रहरीले १ सय लिटर अवैध घरेलु मदिरा पनि नष्ट गरेको जनाएको छ।
गोंगबु नयाँ बसपार्क क्षेत्रभित्र हुने अनाधिकृत कार्य रोक्न प्रहरीले पछिल्लो पटक शुद्धीकरण अभियान चलाएको हो।