वुहानबाट ल्याइएका नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा लगियो (तस्वीरसहित)

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  १ : २६


काठमाडौँ । कोरोना भाइरसको प्रकोप फैलिएको वुहानबाट उद्धार गरेर ल्याइएका १७५ नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ।

कारोना भाइरसबाट प्रभावित क्षेत्र वुहानमा रहेका नेपालीलाई नेपाल एयरलाइन्सको चार्टर विमानबाट उद्धार गरेर आज बिहान ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएको थियो। विमानस्थलमा स्वास्थ्य परिक्षणपछि सबैलाई क्वारेन्टाइनमा लगिएको हो।

उनीहरुलाई कम्तिमा १५ दिन क्वारेन्टाइनमा राखेर निगरानी गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सरकारले कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित चीनको हुबेई प्रान्तबाट ल्याइएका नेपालीहरुलाई निगरानीमा राख्न भक्तपुरको विद्युत प्राधिकरणका ४ भवन खाली गराएर राखेको थियो।

 


प्रतिक्रिया दिनुहोस्