ज्वरो भेटिएपछि केहि नेपालीलाई वुहानमै रोकियो

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ४ : २१


काठमाडौं । घातक कोरोना भाइरसको केन्द्र रहेको चीनको वुहानबाट नेपालीको उद्धार गर्न सरकारले त्यसतर्फ शनिवार विमान पठाएको छ।

वुहानबाट स्थानीय समयअनुसार राति ११ बजे नेपाली लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कने छ।

विमानमा बस्नुअघि उनीहरुको स्वास्थ्य चेकअप गरिएको छ। केहि नेपालीमा ज्वरो देखिएपछि विमान चढ्न रोक लगाइएको छ। 

बेइजिङस्थित नेपाली राजदूतावासले ६ जनालाई रोकिएको पुस्टि गरेको छ। 

 

शनिबार दिउसो वायुसेवा निगमको वाइडबडी जहाज वुहानतर्फ उडेको थियो। विमान साँझ ८ बजे वुहानमा अवतरण गरेको थियो।

१७५ जना नेपालीको उद्धार गरिएको नेपाली अधिकारीहरुले जनाएका छन्। उक्त विमान भोलि नेपाल आइपुग्ने छ। 

यो पनी पढ्नुहोस्

चीनबाट ल्याइने नेपालीलाई खरिपाटीमा राख्न तयारी पूरा
 


प्रतिक्रिया दिनुहोस्