डिलमा खेलिरहेका बालक एक्कासी कालीगण्डकी नदीमा खसे, प्रहरीले जोगायो ज्यान

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ४ : १३


कालीगण्डकी नदीले बगाउँदा घाइते भएका एक नौ वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ । पर्वत बेनीमा आयोजित महोत्सव अवलोकनका लागि गएका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका नौ वर्षीय शिशिर छन्त्याललाई आज दिउँसो कालीगण्डकी नदीले बगाएको थियो ।  

कालीगण्डकी नदीले बगाएर झण्डै १०० मिटर तल पु-याएका बालकलाई तत्काल प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। 

नदीले बगाएका बालकको हात खुट्टामा चोटपटक लागेको छ । घाइते शिशिरको म्याग्दीस्थित बेनी अस्पतालमा उपचार भइरहेको छ । महोत्सवस्थलकै डिलतिर खेलिरहेका बालक एक्कासी नदीमा खसेपछि बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्