सामान्य रुघाखोकीले अस्पताल पुगेकी महिला बारे कोरोनाले सिकिस्त भन्ने समाचार बनेपछि…

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ३ : ४६


काठमाडौँ । सामान्य रुघाखोकीले अस्पताल पुगेकी एक महिलाले कोरोनाले सिकिस्त भएको भन्ने समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा स्पष्टीकरण दिनु परेको छ। 

अनु शर्मा नामकी ती महिलाले सामान्य रुघा खोकीबाट ग्रस्त भएका बेला आफ्ना बारेमा मिडियाले कोरोना लागेको भन्ने समाचार प्रकाशन गरेको भन्दै आपत्ति जनाएकी छिन्। उनले अनलाइन मिडियाप्रति मेरो नराम्रो छाप भन्दै आफूलाई कोरोना नलागेको र अहिले स्वास्थ्य ठिक रहेको जानकारी दिएकी हुन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, सामान्य रुघा खोकी शुरु भएको थियो। छातिमा थोरै समस्या भएकोले अलि जटिल जस्तो देखिएपछि केही दिन अस्पताल भर्ना हुनु पर्यो। भर्खरै चिन भ्रमणबाट फर्किएकाले डाक्टरको सुझाव अनुसार सबै टेस्ट गराए। अन्त्यमा सबै रिर्पोट पोजेटिभ आयो । तर केही अनलाइनले भने कोरोना भाइरसबाट संक्रमित एक महिलाको अवस्था चिन्ताजनक भन्दै मेरो बारेमा समाचार सम्प्रेषण गरेका रहेछन्। 

उनले आफ्नो बारेमा नकारात्मक समाचार प्रकाशन गरेपछि आफ्ना आफन्त र इष्टमित्रमा चिन्ता बढेको भन्दै उक्त समाचारप्रति आपत्ति जनाएकी हुन्। 


प्रतिक्रिया दिनुहोस्