गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा कार्यकक्षमै मदिरा पार्टी

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ३ : ००


पोखरा।  गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले कार्यकक्षमै मदिरा पार्टीको आयोजना गर्नुभएको छ। आफ्नो जन्मदिन मनाउन भन्दै मन्त्री कार्यालयमा नै मदिरा भोज दिनुभएको हो। 

उहाँले रेडलेवल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेवलमा नै राख्नुभएको छ भने अन्य कर्मचारीलाई समेत मदिरा दिनुभएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। उक्त भिडियो बाहिरीएपछि मुख्यमन्त्रीको मर्यादा भन्दा बाहिर रहेको भन्दै उहाँको तिब्र आलोचना भएको छ। 

गुरुङ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश प्रमुख पनि हुनुहुन्छ। 

 


प्रतिक्रिया दिनुहोस्