फागुन १४ मा विप्लव निकट विद्यार्थीको शैक्षिक हड्ताल

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  १ : १२


काठमाडौँ । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको विद्यार्थी सङ्गठनले फागुन १४ गते देशव्यापी शैक्षिक हड्ताल सहितका कार्यक्रम सार्वजनिक गरेको छ।

फाुगन १ गते सुन्धाराबाट आफ्नो सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले पक्राउ गरेको विरोधमा उक्त संगठनले सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ।

अध्यक्ष ढकालसहित बन्दीहरूको रिहाईका लागि कार्यक्रम अघि सारिएको उपाध्यक्ष रुद्र भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस्