सियारा आँधीले आकाशमा विमान हल्लाएपछि भिडियो भाइरल

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ९ : २१


लण्डन । 'सियारा' नामक आँधी बेहरीको प्रभाव अहिले युरोपमा परेको छ। 

उक्त आँधीकै कारण केहि दिन अघि अमेरिकाको न्युयोर्क देखि लण्डनका लागि उडेको एउटा विमान ८० मिनेट अगाडि नै पुगेको थियो। ८० मिनेट अगाडिनै पुगेर उक्त विमानले इतिहासमै छिटो पुगेको रेकर्ड कायम गरेको छ। 

सायरा आँधीका कारण हाल सयौं विमानहरु अवरुद्ध भएका छन्।

तुफान सँगै भारी वर्षा हुँदा सयौं घरहरु डुबानमा परेका छन्। सियारा तुफानलाई ‘स्ट्रोम अफ सेन्चुरी’ नाम दिइएको छ। 

यसैबीच, सामाजिक सञ्जालमा एक भिडियो फुटेज भाइरल बनेको छ। स्टोबार्ट एयरको फ्लाइट बेलायतको बर्मिघम एयरपोर्टमा अवतरणका क्रममा तुफानले अवरोध गरेको हो। 

उक्त विमानलाई हावाले यति धेरै दबाब दियो कि विमान नै हलचल भएको भिडियोमा देख्न सकिन्छ। 

यो पनि 

हुरीले उडाएपछि ८० मिनेट अगाडि नै पुग्यो विमान, बनायो नयाँ रेकर्ड
 


प्रतिक्रिया दिनुहोस्