एजेन्सी । एक प्रहरी जवान भ्यालेनटाइन डेमा हेलिकोप्टर लिएर बेहुली लिन पुगेको घटना सार्वजनिक भएको छ।
भारतको हरियाणा प्रहरीमा सिपाहीको पदमा रहेका नीमल गाउँका कविन्द्र बेहुली लिन हेलिकोप्टर लिएर फतेहगढ पुगे। हेलिकोप्टर लिएर बेहुली लिन पुगेपछि त्यो दृष्य हेर्नका लागि मानिसको भिड लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
अझ रोचकको कुरा के छ भने उनले विवाहमा दाइजो केही पनि लिएनन्। उनले आफ्नी मन राख्नका लागि एक रुपैयाँको शगुन लिएर र हेलिकोप्टरमा बेहुली ल्याउने आफ्नो सपना पुरा गरे।
चरखी दादरी गाउँस्थित फतेहगढकी ममता सांगवानलाई लिन हेलिकोप्टरमा जन्ति लिएर उनका जीवन साथी उनको गाउँ पुगेका थिए। उनले रीति रुवाजका साथ विवाह गरेर हेलिकोप्टरमै बेहुली लिएर घर गएका थिए। अहिले उक्त विवाहको भिडियो र फोटो भाइरल बनेको छ।