बैंकमा कति सुरक्षित छन् कर्मचारी ? नेपाल बैंकमा पुलिस नपुगेको भए झण्डै हुने ठुलो दुर्घटना

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ७ : १०


काठमाडौँ । नेपाल बैंक लिमिटेडका कर्मचारीलाई काट्छु भन्दै बैंकभित्र छिरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

नेपाल बैंक लिमिटेड हेटौंडा शाखामा सुन धितो राखेर रकम निकाल्ने विषयमा विवाद भएपछि उनी खुकुरी लिएर कर्मचारीमाथि आक्रमण गर्न गएका थिए। 

खुकुरी लिएर बैंकमा घुसेका मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ का ४४ वर्षीय गजेन्द्रराज गिरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। 

सुनको सिक्रीमा जनावरको दाँतको छाप भएका कारण बैंकले उक्त सिक्री राख्न मानेको थिएन्। बैंकले सिक्री धितो राख्न नमानेपछि उनले बिहीबार पनि विभिन्न धम्की दिदै बाहिरीएको मकवानपुरका एसपी सुशीलसिंह राठौरले जानकारी दिनुभएको भयो। 

उहाँले भन्नुभयो, 'शुक्रबार २-३ बजेतिर ती व्यक्ति खुकुरीसहित बैंकभित्र प्रवेश गरेका थिए। समयमै हामी पुगेर अप्रिय घटना हुनबाट रोक्यौँ। हामी जाँदा उनले खुकुरी ताकेरै कर्मचारीमाथि आक्रमणको प्रयास गरिरहेका थिए।' 

समयमै प्रहरी नपुगेको भए ठूलो घटना हुने उहाँले बताउनुभयो। राठोरका अनुसार ती व्यक्तिको साथबाट हतियारसहित लागुऔषध पनि बरामद गरिएको छ। अहिले घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस्