एजेन्सी । एक जोडीले धार्मिक स्थलमा पोर्न भिडियो बनाएर अपलोड गर्दा हंगामा मच्चिएको छ।
इटलीका एक जोडीले म्यान्मारको पवित्र स्थल बागानमा आफ्नो १२ मिनेटको पोर्न भिडियो बनाए। त्यसपछि उक्त भिडियो उनीहरुले एक चर्चित पोर्न साइटमा पनि अपलोड गरिदिए।
विश्व सम्पदा सूचीमा सुचिकृत बागानमा बनाएको उक्त पोर्न भिडियो सार्वजनिक भएपछि स्थानीयले विरोध जनाएका हुन्।
२३ वर्षका यी दुईले पोर्नसाइटमा ‘एसएसएस’ नाम दिइएको प्रोफाइलबाट भिडियो अपलोड गरेका हुन्। उक्त प्रोफाइलमा उनीहरुले आफूलाई २३ वर्षको इटालियन जोडीको रुपमा चिनाएका छन्।
उक्त भिडियोले बिहिबारसम्ममा २ लाख ५० हजार भ्यू पाइसकेको छ भने ५ हजार ५ सयले भिडियो डिस्लाइक पनि गरेका छन्।
एक स्थानीयले फेसबुक मार्फत लेखेकी छिन्, ‘हाम्रो बागना प्यागोडा पवित्र स्थल हो, यसमा बनाइएको भिडियोप्रति मेरो विरोध छ।
भिडियो सार्वजनिक भएपछि न्यू फ्यानाटिक एसिया टुर कम्पनीका प्रबन्ध निर्देशकले बागानमा तैनाथ सुरक्षाकर्मीको लापरवाहीमाथि प्रश्न उठाउँदै तत्काल कारवाहीको माग गरेका छन्।
साथै, बागानको एक नागरिक समाज समूह मायो सेट सानले भिडियो देखेर आफूहरु निकै अचम्मित परेको र यसले आघात पुर्याएको बताएका छन्।
उनले भने, ‘धार्मिक स्थल र प्यागोडा बाहिर यौनाचार गर्नु असहनीय छ, यो बागानमा गरिएको थियो जुन हाम्रो धर्म, संस्कृति र इतिहासका लागि अनमोल धरोहर हुन्।’