दिल्ली । निर्भया काण्ड भारतको निकै चर्चित काण्ड हो। भारतीय सर्वोच्च अदालतले दया याचिकामाथि राष्ट्रपतिको निर्णयलाई चुनौती दिने दोषी विनय शर्माको पिटिशन खारेज गरेपछि निर्भयाका दोषीलाई छुट्टा छुट्टै फाँसी दिने केन्द्रको याचिकामाथि सुनुवाई चलेको छ।
निर्भयाका दोषीलाई छुट्टा छुट्टै फाँसी दिने केन्द्रको याचिकामाथि सुनुवाई जारी रहेका बेला न्यायाधीस आर भानुमति बेहोस भएको समाचार सार्वजनिक भएको छ।
सुनुवाइका क्रममा बेहोस् भएपछि उनलाई डायसमा बसेका अन्य न्यायाधीस र कर्मचारीले तत्काल उनको चेम्बरमा पुर्याएको भारतीय संचार माध्यमले जनाएका छन्। न्यायाधीस भानुमति बेहोस् भएपछि सुनुवाई स्थगित गर्दै बेन्चले यसको आदेश पछि दिइने जानकारी दिएको छ।
न्यायधिस भानुमतिलाई असाध्यै ज्वरो आएको र उनको ज्वरो अहिले पनि नघटेको समाचारमा उल्लेख छ। तर्कहरु सुन्ने बेला पनि उनको स्वास्थ्यमा समस्या थियो र उनी औषधी सेवन गरिरहेका थिए। उपचारपछि उनको स्वास्थ्यमा सुधार हुँदै गएको समाचारमा जनाइएको छ।