ट्रायल उत्तीर्ण गरेका सात लाख व्यक्ति दुई वर्षदेखि लाइसेन्स कुर्दै

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  २ : ३६


काठमाडौँ । भक्तपुरका कुमार नगरकोटीले ट्रायल उत्तीर्ण गरेको दुई वर्षपछि बल्ल सवारी चालकको स्मार्ट अनुमतिपत्र (लाइसेन्स) पाउनुभयो। २०७४ फागुनमा उहाँले ट्रायल उत्तीर्ण गर्नुभएको थियो। 

यस बीचमा आठ पटक यातायात कार्यालय धाउनुभयो तर प्रिन्ट भएको छैन भन्दै फर्किनुप-यो । बुधबार यातायात व्यवस्था विभाग नयाँ बानेश्वरमा लाइन बसेर लाइसेन्स लिनुभएका नगरकोटीले खुसी व्यक्त गर्न भने सक्नुभएन्। 

उहाँको भनाइ थियो, दुई वर्षमा पुरानो लाइसेन्स पाइयो, आठ÷दस पटक आए हुँला तर प्रिन्ट भएको छैन भन्दै फर्काइदिन्थे, आज पनि पाइन्छ भन्ने खासै आश थिएन तर प्रिन्ट भएको रैछ, बल्लबल्ल ट्रायल उत्तीर्ण गरियो लाइसेन्स पाइन्छ दुई वर्षपछि, सम्झिँदा मलाई त हाँसो पो लाग्छ।

यातायात व्यवस्था विभागले माग अनुसार लाइसेन्स वितरण गर्न नसकेपछि प्रिन्ट गर्न बाँकी लाइसेन्सको सङ्ख्या अहिले सात लाख पुगेको छ। यो सङ्ख्या दुई वर्षदेखि लाइसेन्स कुर्न बाध्य छ। आजको गोरखापत्र दैनिकमा खबर छ। 


प्रतिक्रिया दिनुहोस्