गुजरात । भारतको गुजरात प्रदेश स्थित भुज शहरमा एक कलेजमा गोप्य वस्तु फुकालेर देखाउन लगाइएको भन्दै छात्राहरु विरोध प्रदर्शनमा उत्रेका छन्।
महिनावारि भए/नभएको बारे जाँच्न गुजरातको भुज शहरमा कलेजले युवतीहरुका अण्डरवियर जबरजस्ती खोल्न लगाएको थियो।
श्री सहजानन्द बालिका संस्था (एसएसजीआई)का होस्टल प्रमुखले प्रिन्सिपललाई युवतीहरुले महिनावारिका बेला छात्रावासको धार्मिक नियमको अवज्ञा गर्ने गरेको गुनासो थिए।
त्यसपछि उनीहरुलाई स्वामिनारायण सम्प्रदायका नियमहरु पढाइएको थियो। कोही महिनावारी भएको भए कुरा खोल्न भनिएको थियो।
त्यसपछि सबै विद्यार्थीहरुलाई लाइन लगाएर शौचालयमा अन्डरवयर फुकाल्न लगाइएको बीबीसीले जनाएको छ।
स्वामीनारायण सम्प्रदायको नियम अनुसार महिलाहरुलाई मासिक श्रावको समयमा मन्दिर र भान्छामा जान निषेध गरिएको छ।
अण्डरवयर खोल्न लगाइएपछि विद्यार्थी बिरोधमा उत्रेका छन् । उनीहरुले कानुनी कारवाहीका लागि माग गरेका छन्।
कलेज प्रशासनका अधिकारहीले उक्त घटनाबारे अनुसन्धान गर्ने जनाएका छन् तर छात्राहरुको नै गल्ती रहेको उनीहरुको विश्वास छ।
उक्त होस्टेलमा वस्ने एक विद्यार्थी भन्छिन्, 'फेब्रुअरी ११ मा हामीलाई सबै होस्टल र क्याम्पसको अगाडि पालैपालो बाथरूममा लगियो र अण्डरवयर फुकाल्न लगाइयो'।
'उनीहरूले हामीलाई छोएनन् तर उनीहरूले हामीलाई यति डराए कि हामी लुगा खोल्न बाध्य भयौं र उनीहरूलाई छानबिन गर्न दियौं।' उनले भनिन्
स्वामीनारायण सम्प्रदायका अनुयायी एक विद्यार्थीका बुबा भन्छन, 'मलाई पनि नियममा विश्वास छ, तर उनीहरूलाई मेरी छोरीलाई यस प्रकारले यातना दिने अधिकार छैन।'