इस्लामावाद । पाकिस्तानको कराचीमा एक युवकको तेस्रो विवाह भाडिएको छ ।
आसिफ रफिकले तेस्रो विवाह गरिरहेका बेला श्रीमती पुगेपछि विवाह भाडिएको हो ।
आसिफमाथि भीडले कुटपिट गर्दै उनको शरिरका लुगा च्यातिएको समाचारमा जनाईको छ।
पाकिस्तानमा बहुविवाहलाई गैरकानुनी मानिन्छ। एक व्यक्तीले वहुविवाह गर्न सक्छ तर त्यसमा पत्नीको सहमति आवश्यक पर्छ। आसिफले त्यसो गरेका थिएन।
विवाह मण्डपमा पुगेर जब मदिहा (पत्नी) आसिपलाई गाली गर्दै बर्बराउन थालिन्, दुलहीका आफन्तले आसिफलाई सोधे, 'के उनी तिम्रो बहिनी हो ?' जवाफमा मदिहाले भनिन्, 'यो मेरो पति हो र यो बच्चाको बुबा हो। उनले मलाई तीन दिनको लागि हैदराबाद जान्छु भनेको थियो।' मदिहा आफ्ना कान्छा छोरासँगै त्यहाँ गएकि थिइन्। उनी आफ्नी सासु र जेठानीलाई पनि सँगै लिएर आएकि थिइन।
विवाह मण्डमा मदिहाले उनी मेरी सासु हुन उनी मेरो बुहारी भन्दै देखाइन्। आफूहरुको २०१६ मा कराचीको उर्दू विश्वविद्यालयमा पढ्दै गर्दा विवाह भएको उनले बताइन्।
त्यसैबेला मदिहाले यो पनि बताइन् कि आसिफले २०१८ मा गोप्य रूपमा अर्को विवाह समेत गरेका थिए।
दोस्रो विवाह जिन्ना विश्वविद्यालयकी शिक्षिका जहरा अशरफसँग भएको थियो।
मदिहाले ती दुलहीलाई 'तिमिलाई यसले ठगेको हो' भनिरहेकि थिइन्। यसो भनिरहँदा आसिफ त्यहाँ चुपचाप सुनिरहेका थिए।
त्यसपछि दुलहीका आफन्त आएर युवकमाथि निर्घात कुटपिट गरेका छन्।