सभामुखको प्रेस विज्ञमा न्यौपाने

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ४ : ०१


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको प्रेस विज्ञमा पत्रकार श्रीधर न्यौपाने नियुक्त हुनुभएको छ। 

२०५८ सालमा कामना प्रकाशनबाट पत्रकारिता सुरु गर्नुभएका न्यौपानेले नेपाल समाचारपत्र, रेडियो मिर्मिरे, रेडियो मैत्री, रेडियो नेपाल र नेपाल टेलिभिजनमा काम गरिसक्नुभएको छ।

हाल सामुदायिक रेडियो प्रशारक संघको (अकोराब) मा प्रोग्राम म्यानेजर पदमा कार्यरत उहाँ त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ। 

न्यौपाने प्रेस संगठन नेपालका केन्द्रीय सदस्य पनि हुनुहुन्छ।

सभामुख सापकोटाले यसअघि नै प्रमुख स्वकीय सचिवमा अर्जुन केसी, सहायक स्वकीय सचिवमा गोविन्द पाठक र नवराज ऐरलाई नियुक्त गरिसक्नुभएको छ।


प्रतिक्रिया दिनुहोस्