रगत अभावमा छटपटाइरहेकि महिलालाई स्वास्थमन्त्रीले दिए आफ्नै रगत

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ३ : १६


नयाँ दिल्ली । भारतको झारखण्ड प्रदेशमा ९ दिन सम्म उपचार गर्न नपाएकि एक महिलालाई त्यहाँका स्वास्थ्यमन्त्रीले आफ्नै रगत दान गरेका छ्न।

झारखण्डका स्वास्थ्यमन्त्री बन्न गुप्ताले शुक्रबार अस्पतालमै महिलालाई रगत दान गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

रगत अभावमा ती महिला विगत ९ दिनदेखि अस्पतालमै छटपटाइरहेकि थिइन र उनको उपचार रोकिएको थियो।

उनका पति राम विनय शर्माले श्रीमतीको उपचारका लागि रगतको व्यापक खोजी गर्दा समेत भेटाएका थिएनन्।

अस्पतालको निरिक्षण गर्न पुगेका स्वास्थ्य मन्त्रीलाई दुखेसो पोखेपछि मन्त्रीले आफ्नै रगत दान गरेका हुन्।

साथै ती महिलाको निशुल्क उपचार गर्न मन्त्रीले अस्पताललाई निर्देशन दिएका छन्। अभावमा रहेका मानिसहरुलाई रगत दान गर्न समेत उनले मानिसहरुलाई आग्रह गरे। 


प्रतिक्रिया दिनुहोस्