यौनशक्ति बढाउन के खाने ? कस्तो व्यवहार गर्ने ?

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ३ : ०२


हामी बाँच्नका लागि खानेकुरा खान्छौं। खानेकुरा जतिबेला जे पायो, त्यहीँ खाँदैनौं, त्यसको मात्रा मिलाएर शरिरले पचाउन सक्ने र स्वस्थ रहने खानेकुरा मात्रै खान्छौं। बाँच्नु मात्रै ठूलो कुरा होइन, शारीरिक तथा मानसिक रुपमा स्वस्थ, तन्दरुस्त र सबल भएर बाँच्नु महत्वपूर्ण कुरा हो। त्यसैले खानेकुरा खाँदा सबै कुरा ख्याल गर्नुपर्ने हुन्छ। 

तर, आज यहाँ हामी खानेकुराका सन्दर्भमा फरक प्रसंगमा चर्चा गर्दैछौं– त्यो हो कुन खानेकुरा खाँदा हाम्रो यौन जीवन स्वस्थ्य र सक्रिय हुन्छ? कुन खानेकुरा खाँदा यौनशक्ति बढ्छ? त्यसबारेमा चर्चा ग र्दैछौं।

सबैलाई थाहा भएकै कुरा हो– सुखी दाम्पत्य जीवनको आधार नै सफल यौन जीवन हो। यदि तपाईको यौन जीवन स्वस्थ छैन भने तपाईको वैवाहिक जीवन कमजोर हुन थाल्छ। यौन जीवन स्वस्थ र सुखद होस् खानपिनमा विशेष ध्यान दिनु जरुरी हुन्छ। कस्तो खानपिनले यौन जीवनलाई सक्रिय बनाउन मद्धत गर्छ र यौन शक्ति बढाउँछ भने कस्तो खानाले यौन शक्ति घटाउँछ भन्ने कुरा जानी राख्नु आवश्यक हुन्छ।

तपाई आफ्नो यौन जीवन सुखद र स्वस्थ होस् भन्ने चाहानुहुन्छ भने यी खानेकुराहरुलाई आफ्नो दैनिक भोजनमा समावेश गर्नुपर्छ ।

खरबुजा : गर्मी मौसममा पाइने यो फलले तपाईको यौन शक्ति बढाउन सहयोग गर्छ। खरबुजालाई प्राकृतिक भियाग्रा पनि भनिन्छ, किनभने यसले भियाग्रा जस्तै काम गर्छ र यौन इच्छा तिव्र रुपमा बढाउँछ। खरबुजामा लाईकोपीन, बीटा केरोटीन  र सीट्रलाइनजस्ता फाइटोन्युट्रिएन्ट्स पाइन्छ, जसले रक्तप्रवाहलाई आराम पुर्‍याउन सहयोग गर्छ। खरबुजाको नियमित सेवन गर्नाले कामेच्छा बढ्छ।

केराः केरा यौन स्वास्थ्यको लागि उपयुक्त हुन्छ। यसमा समावेश ब्रोमेलिन नामक एन्जाइमले कामेच्छा बढाउन र सेक्स हार्मोनलाई नियन्त्रित गर्न सहयोग गर्छ। यसबाहेक केरामा भिटामिन सी, ए र बी १ भरपुर मात्रामा पाइन्छ, जसले पुरुषको शरीरमा शुक्राणु उत्पन्न गर्ने क्षमता बढाउँछ।

हरियो तरकारीः हरियो तरकारीमा यौनइच्छा बढाउने तत्व हुन्छ। हरियो तरकारीमा अमिनो एसिड भरपुर मात्रामा हुन्छ, जन शरीरमा गएर नाइट्रिक अक्साइडमा परिवर्तित हुन्छ। त्यसले पुरुषहरुमा इरेक्शन लामो समयसम्म रहिरहन सहयोग गर्छ।

हरियो र्खुसानीः खानालाई स्वादिलो बनाउने हरियो खुर्सानीले तपाईको यौन जीवनमा पनि स्वाद बढाउने काम गर्छ। हरियो खुर्सानी सेवन गर्नाले पुरुषको गोप्य अंगको वरपरका अंगहरुमा रक्त सञ्चार राम्रोसँग हुन्छ र कामोत्तेजना बढ्छ। 

फर्सीको बियाँः फर्सीको बियाँ महिला र पुरुष दुबैको प्रजनन क्षमता बढाउनका लागि फाइदाजनक हुन्छ। त्यसमा जिंक, क्याल्सियम,पोटासियम र फस्फोरसको साथै भिटामिन सी,बी,डी,ई र के पाइन्छ, जसले कामेच्छा उत्पन्न गर्न सहयोग गर्छ।

डार्क चक्लेटः डार्क चक्लेटले कामेच्छा बढाउन मद्दत गर्छ। यसमा एल–आर्जिनिन र अमिनो एसिड हुन्छ, जसले यौन चाहनालाई प्राकृतिक तरिकाले बढाउनका लागि सहयोग गर्छ।

अण्डाः अण्डाले प्राकृतिक रुपमा यौनशक्ति बढाउन सहयोग गर्छ। अण्डामा भिटामिन बी ५ र बी ६ हुन्छ, जसले यौन जीवनलाई राम्रो बनाउन सहयोग गर्छ। अण्डामा भएको प्रोटिनले शारीरिक कमजोरी हटाएर शरीरमा नयाँ उर्जा थप्ने काम गर्छ।

अन्य केही उपायहरु

तनावमुक्त रहनुहोस्ः तनावले हाम्रो हृदयगति बढाउँछ, जसका कारण ब्लड प्रेसर पनि बढ्छ। यसको नकारात्मक प्रभाव यौन जीवनमा पनि पर्छ। तनावबाट बच्नका लागि यसलाई मनमा राख्नुभन्दा आफ्नो पार्टनरसँग कुरा गर्नुहोस्। यसो गर्दा मनको बोझ कम हुनुको साथै पार्टनरसँगको सम्बन्ध पनि बलियो हुन्छ। तनाव कम गर्नका लागि नियमित रुपमा व्यायाम गर्नु आवश्यक छ।

पर्याप्त निन्द्राः यौन इच्छा बढाउनका लागि आठ घण्टा सुत्नु आवश्यक हुन्छ। तौल नियन्त्रित राख्नु पर्छ, मोटोपनाले यौन इच्छाम नकारात्मक प्रभाव पार्छ। त्यसैले तौल बढ्न दिनु हुँदैन।

नयाँ नयाँ शैली अपनाउनुहोस्ः प्रायः दम्पत्ति यौन सम्पर्क गर्दा एकै किसिमको तरिकालाई पछ्याउने गर्छन्। अन्य जीवनशैली जस्तै यौन पनि एउटा रुटीनजस्तो बोरिङ र निरस हुन्छ। त्यसैले यौनलाई उत्साहित बनाउनका लागि केही नयाँ गर्नुहोस्। सम्बन्धलाई ताजा बनाउनको लागि नयाँ कुराहरु अति नै आवश्यक हुन्छ।


प्रतिक्रिया दिनुहोस्