बाबुरामले भने-‘गिरिजाले ठोक्नुपर्योे भनेर भन्नुभएको हो, म साँक्षी थिए’

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  १ : ०१


काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवशरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताउनुभएको छ।

शुक्रबार संसद भवन बाहिर पत्रकारहरुसँगको कुराकानीमा डा. भट्टराईले तत्कालिन राजा ज्ञानेन्द्रले शाहले २०६२ माघमा घोषणा गरेको नगरपालिका निर्वाचन विथोल्नका स्व. गिरिजा प्रसाद कोइरालाले आग्रह गरेको बताउनुभयो।

१२ बुंदे समझदारीमा नै कांग्रेस लगायतका सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालिन माओवादी फौजि ढंगले अघि बढ्ने सहमति भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँ (प्रचण्ड) को बानी नै सानो कुरालाई पनि बढाई चढाई गरी प्रस्तुत गर्ने बानी छ । उत्तेजना फैलाउने स्वभाव छ । १२ बुँदे समझदारीको ड्राफ्ट गर्ने म नै हुँ । मलाई याद छ । उहाँहरुले शान्तिपूर्ण ढंगले र हामीले फौजी ढंगले प्रहार गर्ने सहमति भएको थियो । पुसको अन्तिमतिर आन्दोलन राम्रोसँग हुन सकेन । हामीले युद्धविराम भंग गरेर जाने निर्णय गर्दा उहाँ (गिरिजा) ले ठोक्नुप¥यो भनेर चाँही भन्नुभएको हो । लौन कारवाही अगाडी बढाउनुप¥यो उहाँले भनेको हो म पनि साँक्षी थिए । एक दुई पटक भनेको कुरालाई युद्धभरी भनेजस्तो गरी प्रस्तुत गर्नुभएन् । नगरपालिका निर्वाचन विथोल्न अलिअलि फौजी कारवाही बढाउनुप¥यो भन्नुभएको हो ।’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्कालिन सभापति गिरिजाप्रसा कोइराला ज्युँदै हुँदा नभनेको कुरामा केही भन्न नसकिने बताउनुभयो । ‘खोई गिरिजा प्रसाद कोइराला जिउँदै हुँदा उहाँ (प्रचण्ड) ले केही बोल्नुभएन्। वितिसकेको व्यक्तिको बारेमा बोलेर हामी कसरी कमेन्ट गर्ने ?’, उहाँले भन्नुभयो।

नेकपा अध्यक्ष दाहालले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा जनयुद्धका बेला तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग फोनमा कुराकानी भएको फैजी कारवाही बढाउन आग्रह गरेको बताउनुभएको थियो।


प्रतिक्रिया दिनुहोस्