जिपको ठक्करबाट असइको निधन

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ११ : ११


काठमाडौं । काभ्रेको बनेपामा जिपको ठक्करबाट प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) को ज्यान गएको छ।

बा१९च १३२३ नम्बरको जिपले शुक्रबार दिउँसो बनेपा नगरपालिका–१३ स्थित सडकमा ठक्कर दिँदा प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको मृत्यु भएको हो।

भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

नवलपरासी घर भएका २४ वर्षका असई गुरुङ चार वर्षदेखि काभ्रेमा कार्यरत थिए।


प्रतिक्रिया दिनुहोस्