लखनउ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथमाथि आतङ्कवादी हमलाको खतरा रहेको भन्दै सुरक्षा सर्तकता बढाइएको छ।
भारतीय गुप्तचरी एजेन्सीले पत्रकारको भेषमा आतङ्ककारीहरूले गोरखपुरको गोरखनाथ मन्दिरमा वा भीआईपी आन्दोलनको बेला सीएम योगीलाई आक्रमण गर्ने सुचना पाएको छ।
उक्त चेतावनी पछि सुरक्षा सतर्कता बढाइएको र पत्रकारहरूलाई आई कार्ड जारी गर्न लागेको भारतीय मिडियाले जनाएका छन्।