काठमाडौं । चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ।
'लुट्न सके लुट भाग २' नाम दिइएको यो गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो।
शर्माको यसअघिको गीत विवादमा परेको थियो।
‘जता नी चोर’ बोलको यो गीतको शब्द, संगीत र स्वर पनि गायक शर्माको नै रहेको छ।
गीतमा नेपालको राजनीति, प्रशासन क्षेत्रमा रहेको विकृतिलाई उठान गरिएको छ।