सांसदको निधनमा प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ७ : ४३


काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन स्थगित गर्न माग गरेको छ । 

सांसद दुर्गाप्रसाद उपाध्यायको निधनले शोक परेको भन्दै आज दिउसो २ बजे प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले गर्ने भनिएको  सम्बोधन स्थगित गर्न काँग्रेसले माग गरेको हो।

क्यान्सरबाट पीडित राष्ट्रियसभा सांसद उपाध्यायको शुक्रबार बिहान निधन भएको थियो।


प्रतिक्रिया दिनुहोस्