दुई बच्चाको हत्या गरेर आत्महत्या गरे दम्पत्तिले

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ६ : २२


काठमाडाैं । भारतको वाराणसी, आदिमपुरस्थित मुकिमगञ्जमा बस्ने एक दम्पत्तिले दुई बच्चाको हत्या गरेर आत्महत्या गरेका छन् । चेतन तुलस्यान र उनकी पत्नी ऋतुले आफ्ना दुबै सन्तानको हत्या गरेर आत्महत्या गरेको एसएसपी प्रभाकर चौधरीले जानकारी दिएका हुन् ।

चौधरीका अनुसार घरको एउटा कोठामा दुई बच्चाको शव भेटिए भने अर्को कोठामा दम्पत्ति झुन्डिरहेको अवस्थामा भेटिएको थियो । गरिबीका कारण आत्महत्या गरेको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ। स्थानीयहरुका अनुसार चेतन डिप्रेसनका सिकार थिए । आत्महत्या गर्नुअघि चेतनले हेल्पलाइनमा सूचनासमेत दिएको बताइएको छ ।

चेतनको घरमा प्रहरी पुग्दा भने उनीहरु मृतावस्थामा भेटिएका थिए । प्रहरीका अनुसार दम्पत्तिले बच्चाको खानेकुरामा निदको औषधि मिसाएका थिए। पछि दुबैको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्