साउदी अरबमा बढेको तलब कामदारले पाएनन्

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ३ : ००


काठमाडौं । नेपाल सरकारले डेढ वर्षअघि नै साउदी अरबमा कार्यरत श्रमिकको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरे पनि अधिकांश रोजगारदाताले वृद्धि गरिएको पारिश्रमिक कार्यान्वयन नगरेको पाइएको छ।

नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी साउदी अरबमा वैदेशिक रोजगारीका विभिन्न क्षेत्रमा कार्यरत नेपालीको पारिश्रमिक वृद्धि गरे पनि रोजगारदाताले कार्यान्वयन नगरेकाे बताइएकाे छ ।

नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सिपअनुसारको पारिश्रमिक र खाना सुविधासम्बन्धी निर्णय गरेको भए पनि पूर्णरुपमा कार्यान्वयनमा आएको छैन। साउदीस्थित नेपाली दूतावासले पनि बढेको पारिश्रमिक कामदारले नपाएको जनाएको छ। -कारोबार दैनिकमा


प्रतिक्रिया दिनुहोस्