आगामी ३ दिनको मौसम पूर्वानुमान: पर्वी पहाडी भू-भागमा आंशिक बदली

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ३ : २६


काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित नभएको जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन ०२ गते (शुक्रबार)

दिउँसोः देशको पर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। रातीः देशको पर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

फागुन ०३ गते (शनिबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

फागुन ०३ गते (आइबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।


प्रतिक्रिया दिनुहोस्