प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्दै

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  १ : २३


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभामा सम्बोधन गर्नुहुने भएकाे छ । सरकारका दुईवर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधनको समय माग गर्नुभएकाे हाे ।

प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले शुक्रबार दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिनुभयाे । वर्तमान सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुने भए पनि शनिबार परेका कारण शुक्रबार नै प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका बताइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्