जब जंगलबाट निस्क्रिएर बन्दरगाह हेर्न पुग्यो सिंहको पूरै परिवार

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  २ : ४१


जंगलमा बस्ने सिंह अचानक बस्तीमा पस्यो पनि सोच्नुहोस् के हो ? त्यो पनि सिंहको पूरै परिवार । 

भारतको गुजरातस्थित अमरेली भन्ने स्थानमा यस्तै एउटा घटना सार्वजनिक भएको छ। जंगलबाट निस्किएर केही सिंह अमरेलीस्थित पीपीवाव पोर्टमा पुगे। यतिमात्रै हैन् ती सिंह बन्दरगाहको भित्र पसेको पनि देखिए। 

भारतीय मिडियाका अनुसार सिंहको पूरै परिवार जंगलबाट निस्किएर बन्दरगाह आसपासमा घुमिरहेको देखिए। जहाँ सिंहका भाले र पोथीसहित उनीहरुका दुई बच्चा पनि सँगै थिए। ती सबै सिंह पुगेपछि त्यहा त्रासको माहोन बनेको समाचारमा उल्लेख छ। 

पीपावावा पोर्ट समुद्री किनार नजिकै छ। अझ रोचक कुरा त के छ भने पीपावावा पोर्टको बोर्डर नजिकै जंगल पनि छ। त्यस कारण बेला बेलामा जंगली जनावरहरु जंगलबाट निस्किएर त्यसबाट पुग्ने गरेको बताइएको छ।    


प्रतिक्रिया दिनुहोस्