‘किस डे’का दिन एक जोडीले उठाए यस्तो कदम, हेर्दा हेर्दै गयो ज्यान

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  २ : ११


'भ्यालेनटाइन डे'को सप्ताह चलिरहेका बेला एक प्रेम जोडीले खतरनाक कदम उठाएका छन्। दुबैले रेलको लिकमा गर्दन राखेर संयुक्त आत्महत्या गरेका छन्। 

घटना भारतको झारखण्डस्थित चाईबासा जिल्लाको हो। एक जोडीले एक अर्कालाई अंकमाल गरेर ज्यान लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। उनीहरुले एकअर्कालाई पहिले अंकमाल गरे। त्यसपछि एकअर्काको कम्मरमा हात राखेर ट्रेनको लिकमा टाउँको राखे। ट्रेन उनीहरुकै माथिबाट कुद्यो । 

रेल कुटेपछि उनीहरुको शीर र शरीर छुट्यिएर ज्यान गएको समाचारमा उल्लेख छ। घटना चक्रधरपुर स्टेशनको इस्ट केबिन नजिकै घटेको हो। जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरीले दुबैको शव उठाएर पोटमार्टमका लागि पठाएको समाचारमा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस्