काठमाडौं । दुर्गा प्रसाई बिहीबार जिल्ला प्रशासन कार्यालयमा सुटुक्क हाजिर भएर छुटेका छन् । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले अभद्र व्यवहार कसुरमा दायर गरेको मुद्दामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उपस्थित भएर प्रसाई रिहा भएका हुन् ।
उनलाई भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले साधारण तारेखमा रिहा गर्न आदेश दिनुभएकाे हाे । गिरीले प्रसाईविरुद्ध प्रशासनमा अभद्र व्यवहार र जिल्ला अदालत काठमाडौंमा मानहानी मुद्दा दर्ता गराउनुभएकाे थियाे ।
बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धनका लागि गिरीले १५ मंसिरमा २० करोड घुस मागेको आरोप प्रसाईले लगाएका थिए । त्यसपछि गिरीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा अभद्र व्यवहारको मुद्दा दायर गर्नुभएकाे थियाे ।