लण्डन । उडिरहेको विमानमा मध्यभागबाट ढोका खोल्न खोज्ने बेलायती एक महिलालाई २ बर्षको जेल सजाय सुनाइएको छ।
२६ वर्षीया क्लो हेनेसलाई २ बर्षको जेल सजाय सुनाइएको सीएनएनले जनाएको छ।
बेलायतको स्ट्यान्स्ड एयरपोर्टबाट टर्कीको दलामानका लागि उडिरहेको विमानमा उनले ढोका खोल्न खोजेकी थिइन्।
चालकदलका सदस्यले उनलाई जबर्जस्ती रोकेका थिए। उनले जिद्दी गर्दै नमाने पछि जेट विमानलाई स्ट्यान्स्ड एयरपोर्टमा फर्काएर ल्याइएको थियो।
ती युवतीकोे व्यवहार गम्भीर घटनाहरू मध्येको एक रहेको भन्दै उक्त विमान कम्पनीले उनीमाथि उडानमा आजिवन प्रतिबन्ध लगाएको छ।
बुधबार बेलायतको चेल्म्सफोर्ड क्राउन अदालतले उक्त मुद्दामा महिलामाथि २ बर्षको जेल सजाय सुनाएको हो।
अधिकारीहरूका अनुसार ती महिलाले विमानमा चढ्नुअघि औषधीसँग मादक पदार्थ सेवन गरेकी थिइन् ।