हरेक १६ दिनमा अन्तरिक्षबाट आइरहेको छ यस्तो सिग्नल, वैज्ञानिक समेत चकित

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  ७ : ४२


एजेन्सी । वैज्ञानिकले पहिलो पटक यस्तो सिग्नल खोजेका छन्, जो निश्चित अन्तरालमा पटक पटक अन्तरिक्षबाट पृथ्वीमा आइरहेको छ। 

अहिलेसम्म उक्त शंकेत रहस्यमय नै छ।  तर वैज्ञानिकले यस सिग्नलको नाम एफआरबी राखेका छन्। आखिर के हो एफआरबी ? यो सिग्नल कहाँबाट आइरहेको छ ? वैज्ञानिकले कसरी यसको पत्ता लगाए ? आज हामी यसका बारेमा जानकारी दिदैछौँ। 

यो घटना पहिलो पटक सुनेको भने होइन्। पहिले पनि अन्तरिक्षबाट रहस्यमय रेडियो सिग्नल आएको घटना भएको थियो। यस पटक वैज्ञानिकले जुन सिग्नल खोजेका छन्, त्यो निश्चित अवधिमा पटक पटक आउने गर्दछ। 

यसको नाम एफआरबी अर्थात फास्ट रेडियो बस्र्ट राखिएको छ। वैज्ञानिकका अनुसार सिग्नल पृथ्वीबाट करिब ५०० मिलियन अर्थात करिब ५० करोड प्रकाश वर्ष टाढाबाट आइरहेको छ। 

क्यानडाका सीएचआईएमई का वैज्ञानिकले ४०९ दिनसम्म यस रेडियो तरंगको चक्रमाथि नजर राखे। रिर्पोटका अनुसार वैज्ञानिकले यो तरंग अन्तरिक्षबाट चार दिनसम्म एक एक घण्टासम्म आउने गर्दछ। यी तरंगको अवधि निकै छोटो हुने गर्दछ। त्यसपछि यी तरंग आउन बन्द हुने गर्दछन्। यो प्रक्रिया १२ दिनपछि फेरि शुरु हुने गर्दछ। 

वैज्ञानिकका लागि अहिले पनि यो तरंग एक रहस्यमय बनेको छ। यदी स्रोत पत्ता लागे यस तरंगका बारेमा खुलासा हुने वैज्ञानिकले बताएका छन्। खास कुरा के छ भने यी तरंग अलग अलग स्रोतबाट आउने गरेका छन्। 


प्रतिक्रिया दिनुहोस्