काठमाडाैं । भारतको उत्तर प्रदेशको शहर फिरोजाबाद नजिक आगरा–लखनउ एक्सप्रेस वेमा बस र ट्रक ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । फिरोजावाद प्रहरीका अनुसार दुर्घटनामा अन्य ३० जनाभन्दा धेरै घाइते भएका छन् । बस दिल्लीबाट बिहारको मोतिहारीतर्फ गइरहेको थियो ।
घाइतेहरुहरुको एक अस्पतालमा उपचार चलिरहेको छ । बसमा झण्डै ५० जना सवार थिए । अस्पतालका मेडिकल अफिसर डाक्टर विश्वदीपकका अनुसार १३ जनालाई मृत अवस्थामा अस्पतालमा ल्याइएको थियो घाइते भएका ३१ जनालाई अस्पतालमा भर्ना गरिएको छ ।