बाहिरबाट घरको ढोका बन्द, भित्र भेटिए एकै परिवारका पाँच जनाको शव

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  ६ : २८


दिल्ली । बाहिरबाट ढोका बन्द गरिएको एक घरभित्र पाँच जनाको शव फेला परेको छ। मृत्यु हुने पाँचै जना एकै घरका परिवार रहेको बताइएको छ। 

घटना भारतको दिल्लीस्थित भजनपुरा क्षेत्रको हो। बुधबार प्रहरीले त्यहाँको एक घरबाट सडेको अवस्थामा ५ जनाको शव फेला पारेको स्थानीय अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

एकै परिवारका ५ जनाको शव भेटिएपछि गाउँभर सनसनी फैलिएको छन्। गाउँमा इ–रिक्सा चलाउने सम्भु चौधरी, उनकी पत्नी सुनिता र उनका ३ सन्तान, शिवम, सचिन र कोमलको घरभित्रै शव फेला परेको समाचारमा उल्लेख छ। सम्भु बिहारको सुपौल जिल्लाका हुन्। उनी शव भेटिएको घरमा पाँच–छ महिनादेखि परिवारसँग बस्दै आएका थिए। 

प्रहरीले उक्त घटना हत्या हो की आत्महत्या भन्ने बारेमा अझै पत्ता लगाउन नसकेको समाचारमा जनाइएको छ। मृतकका आफन्तले आत्महत्या नभइ हत्या भएको आरोप लगाएका छन्। किनकी घरको ढोका बाहिरबाट बन्द गरिएकाले हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ। प्रहरीले यस मामिलामा अनुसन्धान भइरहेको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस्