नयाँबसपार्ककाे गेष्ट हाउसमा १६ वर्षीया किशोरी बलात्कृत

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  ५ : ३३


काठमाडाैं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नुवाकोट सुन्धारा घर भएका ललितपुर महानगरपालिका–९ बालकुमारी बस्ने ३० वर्षीय रामचन्द्र श्रेष्ठलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोमबार काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्कस्थित गेष्ट हाउसमा ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ रामचन्द्रलाई प्रहरीले पक्राउ गरेको हो ।

थप कारबाहीको लागि महानगरिय प्रहरी परिसर ललितपुरको महानगरिय प्रहरी वृत्त महाराजगंजमा बुझाइएको प्रहरीले बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्