आज बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  ५ : १०


काठमाडौँ । आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ३ सयले बढेर छापावाला सुन ७६ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्