मध्य राति सिड्नी रेलमा महिलाको स्तन अठ्याउने नेपाली पक्राउ

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  ५ : ०७


काठमाडाैं । सिड्नी रेलमा मध्य रातमा महिलालाई काम वासनायुक्त तरिकाले छोएको अपराध स्वीकार गरेपछि एक नेपाली जेल सजायका भोग्नबाट मुक्त भएका छन् । यो घटना गत वर्षको अप्रिल २० मा चाट्सीवुड स्टेशनमा भएको थियो ।

महिलाले यो घटनाको बारेमा रिपोर्ट गरेपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो । ३० वर्षीय उनी बिक्री गर्ने सहयोगीको रुपमा रहेका थिए । उनी हाल अस्थायी भिसामा रहेको डेली टेलिग्राफले जनाएको छ । तर उक्त समयमा आफू व्यापक नसामा भएको प्रहरीलाई बताएका छन् ।

अदालती कागजातलाई आधार मान्ने हो भने पीडित महिला रातको १ बजे एक्लै यात्रा गरिरहेकी थिइन् । उक्त समयमा अपराधी उनीसँगै बसिरहेको र उनलाई चुम्बन गर्ने प्रयास गरेको थियो । उक्त मानिसले महिला यात्रुलाई अंकमालको गुडबाई गर्न सक्छु भनेर समेत सोधेका थिए ।

उक्त समयमा महिलाले आफ्नो बायाँ स्तन अठ्ठिएको महशुस गरेकी थिइन् । अदालतले पुरुषको काम वास्तवमै गम्भीर भएको जनाएको छ । यसले महिलालाई एक्लै रेलमा यात्रा गर्नका लागि असुरक्षित बनाएको बताइएको छ । महिलाले नेपाली पुरुषलाई जेल सजायका लागि पठाउन आग्रह गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस्