काठमाडौँ । कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा पुरिएर ४ जना नेपालीको ज्यान गएको छ भने ३ वेपत्ता भएका छन्।
निर्माणस्थलमा बुधबार खसेको बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर ४ नेपालीको ज्यान अरब टाइम्सले जनाएको छ। दुर्घटनामा ३ जना घाइते भएका छन् भने ३ वेपत्ता रहेको समाचारमा उल्लेख छ।
घटनामा ज्यान गुमाउने, वेपत्ता र घाइते नेपालीको पहिचान भने भएको छैन्। ढिस्कोमा पुरिएर घाइतेलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको बताइएको छ। ढिस्कोमा पुरिएका सबै कामदार चिनियाँ कम्पनीका हुन्।
निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण गरिरहेका बेला ढिस्को खसेको प्रत्यक्षदर्शीले बताएका छन्।
भिडियोमा घटना