गुजरात । भारतको गुजरातस्थित कांग्रेसका चर्चित युवा नेता हार्दिक पटेल वेपत्ता भएका छन्।
गत जनवरी १८ मा पक्राउ परेका उनलाई सरकारले नै वेपत्ता पारेको उनकी पत्नीले आरोप लगाएकी छिन्। उनको पत्नीको आरोपपछि भारतमा सनसनी फैलिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
देशद्रोहको मुद्दा लगाएर उनलाई प्रहरीले पक्राउ गरे पनि परिवारलाई यसबारे औपचारिक रुपमा जानकारी दिएको छैन। हार्दिककी पत्नीले गत १८ जनवरीदेखि आफ्ना पतिको कुनै खोजखबर नभएको बताएकी छिन्।
हार्दिककी पत्नीका अनुसार पहिले प्रहरी बारम्बार घरमा आएर ‘हार्दिक कहाँ छन् ?’ भन्दै सोध्ने गर्थे । कांग्रेसले आयोजना गरेको कार्यक्रममा किन्जलले भनिन्, ‘१८ जनवरीमा पक्राउ परेपछि उनको बारेमा केही जानकारी छैन। हामीलाई केही थाहा छैन उनी कहाँ छन् ? ।