राजविराज । एक नेपाली युवकको भारतमा गोली हानी हत्या गरिएको छ।
सप्तरी जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नम्बर १० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको भारतमा गोली हानी हत्या गरिएको हो।
बोदेबर्साइन नगरपालिका–८ स्थित ग्यारेजमा काम गर्ने यादव भारतको झन्झारपुर पुगेका थिए। ग्यारेज मालिक सत्येन्द्र यादवको भारतीय नम्बरको स्कारपियो गाडीमा झन्झारपुर पुगेका उनीमाथि फर्किंदै गर्दा अज्ञात समूले गोली प्रहार गरेका थिए।
घर फर्कने क्रममा पछाडिबाट मोटरसाइकलमा आएको समूहले उनीमाथि गोली प्रहार गरेको थियो। पहिलो गोली स्कारपियोको टायर र दोस्रो गोली डम्बरलाई लागेको थियो। डम्बरको शवलाई नेपाल ल्याएर आज अन्तिम संस्कार गरिएको भएको छ।