तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) सशस्त्र विद्रोहको रुपमा जनयुद्ध शुरु गरेको आज २४ वर्ष पुगेको छ। १० वर्षे जनयुद्ध, जनयुद्धको जगमा चलेको २०६२/०६३ को जनआन्दोलनले साढे दुई सय वर्ष पुरानो सामन्तवादमा आधारित राजतन्त्रको अन्त र गणतन्त्रको स्थापना भएको यथार्थतालाई चाहेर होस् वा नचाहेर कसैले पनि नजरअन्दाज गर्न सक्ने स्थिति छैन ।
खैर, २०५२ फागुन १ गतेदेखि २०६३ सम्म चलेको सशस्त्र संघर्ष (जनयुद्ध)ले के कति सफलता प्राप्त ग¥यो? नेपाली समाजलाई यसले के कति फाइदा ग¥यो ? के कति बेफाइदा ग¥यो त्यसको समयक्रमसँगै समीक्षा हुँदै गर्ला।
त्यसको बहसतिर नलागेर यहाँ हामीले तत्कालीन माओवादी पार्टीका महामन्त्री प्रचण्डले जनयुद्ध शुरु गर्नुअघि के कस्तो तयारी गर्नुभएको थियो र लक्ष्य, उद्देश्य र पहिलो योजना के थियो भन्ने जानकारी दिनका लागि ‘ऐतिहासिक जनयुद्धको पहिलो योजना’ शीर्षको यो दस्तावेज यहाँ प्रस्तुत गरेका छौं– सम्पादक)
ऐतिहासिक जनयुद्धको पहिलो योजना
(२०५२ असारमा सम्पन्न केन्द्रीय समिति बैठकमा पार्टी महामन्त्री क. प्रचण्डद्वारा प्रस्तुत एवं पारित राजनीतिक प्रतिवेदन)
हामी मजदुरहरुलाई भन्छौं, विद्यमान स्थितिलाई परिवर्तन गर्ने मात्र होइन, आफैलाई राजनैतिक सत्ता सञ्चालन योग्य बनाउन समेत तपाईहरु १५, २०, र ५० वर्षका गृहयुद्ध एवं अन्तराष्ट्रिय युद्धका बीचबाट गुज्रनुपर्ने हुन्छ।” (कार्ल मार्क्स)।
“गृहयुद्ध बिना आजसम्म इतिहासमा कुनै पनि महाक्रान्ति सम्पन्न हुन सकेको छैन र त्यस विना पूँजीवादबाट समाजवादमा संक्रमण कुनैपनि गम्भीर मार्क्सवादीले सोच्न सक्दैन।” (भि.आई. लेनिन)।
“हरेक कम्युनिष्टले यो सच्चाईलाई आत्मसाथ गर्नैपर्छ कि राजनैतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ, हाम्रो सिद्धान्त हो कि पार्टीले बन्दुक चलाउँछ र कुनै हालतमा बन्दुकले पार्टी चलाउन दिइने छैन।” (माओत्सेतुङ)।
१. भूमिकाः
मार्क्सवाद–लेनिनवाद–माओवादको सार्वभौम सत्यलाई नेपाली समाजको वास्तविक स्थितिमा लागू गर्ने प्रक्रियामा चलेको लामो वैचारिक एवं वर्गसंघर्षको अनुभवका आधारमा एकता महाधिवेशनमा हाम्रो पार्टीले क्रान्तिकारी राजनैतिक कार्यदिशा निर्धारित ग¥यो। त्यस कार्यदिशा मुताविक केन्द्रीय समितिको तेस्रो विस्तारित वैठकले व्यवस्थित रुपले पार्टीको सैन्य कार्यदिशा अघि ल्यायो। त्यो सैन्य आजका राष्ट्रिय एवं अन्तराष्ट्रिय परिस्थितिका बारेमा मात्र होइन, नेपाली समाजको ऐतिहासिक विकास प्रक्रिया र आजको आर्थिक, राजनैतिक, साँस्कृतिक एवं भौगोलिक विशिष्टताहरु समेतको लेखाजोखा गरी नेपाली जनयुद्धको रणनीति एवं कार्यनीतिहरुको खाका तयार ग¥यो।
नेपालमा सचेत ढंगले जनयुद्धको उठान गर्ने उद्देश्यमा केन्द्रित रही विस्तारित बैठकको त्यो दस्तावेजले त्यो प्रक्रियाका चरणहरु निश्चित ग¥यो। त्यस अनुसारको पहिलो चरणलाई अन्तिम तयारीको चरणको रुपमा परिभाषित ग¥यो। वैचारिक, राजनैतिक, संगठनात्मक, प्राविधिक एवं संघर्ष सम्बन्धि न्यूनतम तयारी पूरा गर्ने केन्द्रीय समितिको योजना अनुसार ती कामहरु मूल रुपमा पूरा गरिएका छन्। ती सबै कामको पार्टी ने.क.पा. (माओवादी) को ०५२ असारमा सम्पन्न केन्द्रीय समितिको बैठकमा पारित जनयुद्धको प्रथम योजना सम्बन्धि प्रस्ताव र आम जनसमुदायमा निकै सकारात्मक र उत्साहवर्द्धक प्रभाव परेको छ। देशमा प्रतिक्रियावादी राज्यसत्ता र त्यस अन्तर्गतका राजनैतिक गुटहरुमा विकास भइरहेको आम संकटको प्रक्रिया तथा हाम्रो तर्फबाट नयाँ स्पिरिड अनुसार उनीहरुको भण्डाफोर एवं देशका विभिन्न भागमा अघि बढिरहेको विविध रुपका संघर्षका कार्यक्रमहरुले आज पार्टीको छवि देशको एकमात्र वैकल्पिक क्रान्तिकारी राजनैतिक शक्तिका रुपमा स्थापित गर्दै आएको छ। त्यस सन्दर्भमा प्रमुख कुरा के हो भने आज पार्टीको माथिदेखि तलसम्मको मूल संयन्त्र तयारीको चरणबाट संघर्षको पहलकदमीको चरणमा प्रवेशका लागि मानसिक रुपले तयार भएको छ।
यसरी वस्तुगत एवं आत्मगत दुवै हिसाबले नेपालमा सशस्त्र संघर्षको पहल गर्ने ऐतिहासिक योजना निर्माणको परिस्थिति तयार भएको छ। त्यसकारण केन्द्रीय समितिको यो बैठकको काँधमा नेपाली समाज र पार्टीको इतिहासमा एक नयाँ पृष्ठ खोल्ने जनयुद्धमा पहलकदमीको योजना तयार पार्ने दुरगामी महत्वको जिम्मेवारी आएको छ।
२. जनयुद्धको ऐतिहासिक पहलका लागि हाम्रा सैद्धान्तिक प्रतिवद्धताहरु
क) हाम्रो योजना क्रान्तिकारी हिंसा सम्बन्धि मार्क्सवाद–लेनिनवाद–माओवादका शिक्षामा आधारित हुनेछ। हाम्रो देशको विशिष्टता अनुसार गाउँबाट शहर घेर्ने रणनीतिमा आधारित दीर्घकालिन जनयुद्धका रुपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एकपटक पुनः माओद्वारा विकास गरिएको सर्वहारा वर्गको सार्वभौम र अपराजय मार्क्सवादी सैन्य सिद्धान्तका रुपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ।
ख) जनयुद्धको थालनीको हाम्रो यो योजना ‘राज्यसत्ता बाहेक अरु सबै भ्रम हो’ भन्ने मान्यतामा आधारित हुनेछ। जनताका निमित्त राजनैतिक सत्ता कब्जा गर्नु नै सशस्त्र संघर्षको प्रमुख उद्देश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखा पर्ने अर्थवाद, सुधारवाद, अराजकतावाद, लगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष गर्न पार्टी आफ्नो प्रतिवद्धता जाहेर गर्दछ।
ग) हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहाराको अधिनायकत्व अन्तरगत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा साँस्कृतिक क्रान्तिहरु चलाउँदै मानव जाती कै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ। एक पटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढता विना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारा वर्ग एवं आम जनता प्रति अपराध हुने कुरामा हामी दृढ छौं। यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दवाव दिई सामान्य सम्झौतामा टुंग्याउने साधन बन्न कदापि दिइने छैन। यसरी हाम्रो सशस्त्र संघर्ष सबै प्रकारका निम्न पूँजीवादी, संकिर्ण, राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवं जातीवादी विभ्रमहरुबाट सम्पूर्ण रुपले मुक्त रहनेछ।
घ) हाम्रो यो योजना सर्वहारा अन्तराष्ट्रवादको महान् भावनामा आधारित रहनेछ। नेपाली क्रान्ति, सर्वहारा विश्व क्रान्तिको अभिन्न अंग हो र यसले विश्व क्रान्तिको सेवा गर्ने छ। हाम्रो पार्टी यस सन्दर्भमा मार्क्सवाद–लेनिनवाद–माओवादको निर्देशनमा विश्वक्रान्ति अघि बढाउन तथा नयाँ अन्तराष्ट्रिय निर्माणको दिशामा अद्धि बढिरहेको ‘क्रान्तिकारी अन्तराष्ट्रियवादी आन्दोलन’ (रिम) (जसको हाम्रो पार्टी पनि सदस्य छ।) को विकासमा अझ बढी सहयोग पु¥याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ।
ङ) हाम्रो योजना नयाँ जनवादी क्रान्तिकालमा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निमार्णको सैद्धान्तिक मान्यतामा आधारीत रहने छ। अन्तरविरोधको नियमको सार्वभौमिकताअनुसार पार्टी भित्री संघर्षलाई द्धन्दात्मक ढंगले ग्रहण र त्यसलाई संचालन गर्नु पार्टीलाई त्यसरी सजिव राखी हर क्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु पूरा हृदयले जनताको सेवा गर्ने जनतासँग घनिष्ट सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्त अविचल रहने कुरामा पार्टी कटिबद्ध छ।
च) हाम्रो यो योजना सर्वहारा वर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यता अनुसार बन्नेछ। पार्टीको नेतृत्वमा सामन्तवा र साम्राज्यवाद विरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र संघर्ष सञ्चालन गरिनेछ। कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र संघर्ष श्रमजीवी जनसमुदाय मुख्यतः गरिब किसानहरुमाथि भर परेर चल्नेछ। कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवं प्रतिक्रियावादी गुटहरुको दवाव, धम्की र प्रलोभनमा पर्ने छैन।
छ) युद्धमा आफ्नै नियमअनुसार त्यो सरल रेखामा होइन जटिल बक्ररेखामा अघि बढ्ने छ। लेनिनको “क्रान्ति आफैले आफ्नो विकास क्रममा सधै नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ” भन्ने कुराको महत्वलाई आत्मसात गरेर जानु जरुरी छ। जीत र हार, उपलब्धि र क्षतिका चक्रहरु पार गरेर नै जनयुद्ध विजयी बन्नेछ। खराव कुरालाई असल कुरामा रुपान्तरण गर्ने अन्तरविरोधको नियमलाई ठीक ढंगले पकडेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्नेछौं।
३. योजनाबारेः यो योजना जनयुद्ध थालनीको योजना हुनेछ। यसका तीन उपचरण प्रथम, थालनीको तयारी, द्वितीय थालनी र तृतीय निरन्तरता हुनेछन्।
४. लक्ष्यहरुः यस योजनाका निम्न प्रमुख लक्ष्यहरु हुनेछन्।
क) प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध नयाँ जनवादी राज्यसत्ताका लागि सशस्त्र संघर्षको राजनीतिलाई व्यवहारिक अभिव्यक्तिका साथ स्थापित गर्नु।
ख) नयाँ जनवादी क्रान्तिका लागि संघर्षको प्रधान रुप सेना र सघर्षको प्रधान रुप युद्ध हो भन्ने मान्यतालाई विभिन्न दलहरु तथा छापामार कार्यवाहीका माध्मबाट अभिव्यक्त गर्नु।
ग) देशका विभिन्न भागमा रहेका मुख्य इलाकाहरुलाई छापामार इलाकामा विकास गर्ने आधार तयार पार्नु।
५. नाराहरुः यस योजना अवधिमा पार्टीका प्रमुख, सहायक र विशिष्ट नाराहरु निम्न बमोजिम हुनेछन्।
क) मुख्य नाराः नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं।
ख) सहायक नाराहरुः
- राजतन्त्रात्मक संसदीय व्यवस्था– मुर्दावाद।
- पञ्चकांग्रेस गठबन्धन सरकार– मुर्दावाद
- जमिन कस्को – जोत्नेको
- विद्रोह जनताको अधिकार हो
- नयाँ जनवादी क्रान्ति – जिन्दावाद
- जनयुद्ध – जिन्दावाद
- सामन्तवाद–साम्राज्यवाद–विस्तारवाद – मुर्दावाद
- संशोधनवाद, नवसंशोधनवाद – मुर्दावाद
- मार्क्सवाद–लेनिनवाद–माओवाद – जिन्दावाद
- नेपाल कम्युनिष्ट पार्टी (माओवादी) – जिन्दावाद
ग) उपरोक्त प्रमुख र सहायक नाराहरुका साथै सबै क्षेत्रहरुले आ–आफ्नो विशेषता अनुसार निम्न कुरालाई समेटने गरी विशिष्ट नाराहरुको विकास गर्नुपर्नेछ।
जमिन जोत्नेको नाराअन्तर्गत सामन्त जमिन्दारको जग्गा कब्जा गरी भूमिहिन गरिब किसानहरुमा वितरण गर्ने, प्रति जग्गा कब्जा गरी किसानहरुमा वितरण गर्ने, सामन्तहरुको बाली कब्जा गर्ने, कृषि बैंक लगायत बैंकहरुको ऋण नतिर्ने, रोजगारीका निम्ति संघर्ष उठाउने, सहकारी खेतीका लागि किसानहरुलाई प्रेरित र संगठित गर्ने, ग्रामीण कृषि उत्पादन पद्धतिमा वैज्ञानिकीकरण गर्ने, आत्मनिर्भर अर्थतन्त्रका लागि स्थानीय स्रोत र साधनको सिर्जनात्मक परिचालनमा जोड दिने आदि।
- महिलाहरु माथि पैतृक सम्पति लगायतका आर्थिक, राजनैतिक र सामाजिक जीवनका सबै क्षेत्रमा रहेका सामन्ती पितृसत्तावादी थिचोमिचो, भेदभाव र अन्धविश्वासका विरुद्ध समान अधिकारका निमित्त संघर्षका नाराहरुलाई सशक्त ढंगले उठाउने।
- जातीय भेदभावका विरुद्ध जातीय स्वायत्तताको नारालाई व्यापक रुपमा उठाउने र पार्टीको प्रभाव भएका संघर्षका इलाकाहरुमा स्वायत्तताको नीतिलाई लागू गरेर जाने दलित जातिमाथिको शोषण उत्पीडनका विरुद्ध नारा उठाउने र संघर्ष संगठित गर्ने।
- क्षेत्रीय भेदभावका विरुद्ध संघर्षको नारा दिने।
- त्यसैगरि धार्मिक थिचोमिचोका विरुद्ध धर्मनिरपेक्ष राज्यको नारालाई उठाउने।
- स्थितिअनुसार विभिन्न जनवर्गका मागहरुलाई मुर्त नाराका रुपमा सुत्रवद्ध गर्ने।
प्रथम उपचरण (जनयुद्धको प्रथम ऐतिहासिक पहलका निमित्त तयारी)
१. वैचारिक तयारी
निर्धारित अवधिमा निम्न कामहरु पूरा गरिनेछन्।
क) जनयुद्धको थालनीको निमित्त पार्टीमा वैचारिक आधार तयार पार्ने उद्देश्यमा केन्द्रित भई ‘माओवादी’ ‘मशाल’ र एक अंग्रेजी मुखपत्र प्रकाशित गर्ने।
ख) यस योजनाका मूल पक्ष एवं जनयुद्धको थालनीका निमित्त आवश्यक स्पष्टता सहीतको समान बुझाई र स्पिरिड पैदा गर्न सबै क्षेत्रहरुमा प्रमुख एवं सक्रिय कार्यकर्ताहरु छानेर केन्द्रीय कार्यालयका तर्फबाट प्रशिक्षण सञ्चालन गर्ने। त्यसपछि क्षेत्रले जिल्ला र जिल्लाले सेलसम्म नै एक चक्कर सो प्रशिक्षण लैजाने।
ग) स्थितिअनुसार सबै क्षेत्रहरुले ठोस कार्यक्रम बनाई विभिन्न स्तरमा कोठेसभा, कोणसभा, आमसभा, जुलुस, पर्चा, वालिङ्ग, साँस्कृतिक कार्यक्रम लगायतका माध्यमबाट आमूल परिवर्तनकारी आन्दोलनको श्रृष्टि गर्न अर्थात जनयुद्ध विना मुक्ति सम्भव छैन भन्ने भाव सहितको जनमत तयार पार्न जोड गर्ने।
घ) वैधानिक पत्रपत्रिकामार्फत् प्रतिक्रियावादी राज्यसत्ता र संसदीय व्यवस्थाको भण्डाफोर अभियानलाई अझ तीव्र पार्ने।
ङ) अन्तराष्ट्रिय स्तरमा पार्टीको पक्षमा जनमत तयार पार्न जोड लगाउने।
च) संशोधनवादको भण्डाफोर गर्न अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवका आधारमा रचनाहरु संकलित गरी एक पुस्तक प्रकाशन गर्ने।
२. संगठनात्मक तयारी
पार्टी, जनयुद्धलगायत सम्पूर्ण काम कार्वाहीको नेतृत्वदायी शक्ति, मेरुदण्ड र न्युक्लियस पार्टी नै भएकोले यसलाई सुदृढ गर्ने, सुदृढिकरण गर्ने, यसको रक्षा र विकास गर्ने तथा चौतर्फी रुपमा यसको नेतृत्व स्थापित गर्ने कुराको महत्वलाई गम्भीरतापूर्वक लिन जरुरी छ। त्यसका लागि तत्काल निम्न कुराहरुमा ध्यान दिनुपर्दछ।
क) हरेक स्तरका पार्टी कमिटीहरुमा खुल्ला, संसदीय, लापर्वाहीपूर्ण निम्न पूँजीवादी चिन्तन र कार्यशैलीका विरुद्ध अन्तरपार्टी संघर्षलाई तीव्र पार्नु पर्दछ।
ख) पार्टीका सम्पूर्ण काम कार्वाहीहरुलाई पूर्णतः भूमिगत ढाँचामा रुपान्तरण गर्ने।
ग) संघर्षको नयाँ प्रक्रियामा केन्द्रीयता र अनुशासनको महत्व निकै बढ्ने कुरालाई दह्रोसंग पकड्ने।
घ) भद्दा, ठूला र सुरक्षाका दृष्टिले बैठक बस्नै अप्ठ्यारो पर्ने कमिटीहरुलाई सम्भव भएसम्म पुनर्गठन गरी चुस्त पार्ने।
ङ) हालका लागि सेल कमिटी बाहेक अन्य स्तरका पार्टी कमिटीहरुमा सेक्रेटरियट व्यवस्था कायम गर्ने र अत्यन्त जरुरी महत्वका विषय बाहेक कमिटीको पूर्ण बैठक छिटो छिटो नबसी सेक्रेटरियटले नै कार्य सञ्चालन गर्ने।
च) पार्टीको नयाँ निर्णयअनुसार रुपान्तरित हुन हिच्किचाउने सदस्यहरुलाई बाहिरै बसेर सहयोग गर्न अनुरोध गर्ने तथा अनुशासन हिन सदस्यलाई कार्यवाही गर्ने जस्ता विविधद्वारा पार्टी संगठनलाई सुदृढ गर्ने।
छ) हरेक पाटी सदस्यले ‘अन्तरसंघर्ष’ ‘भूमिगत प्रणाली’ ‘सतर्कता’ ‘गोपनीयता’ ‘अनुशासन’ र ‘गतिशीलता’लाई सुत्र शब्दका रुपमा लिने।
ज) संघर्षको नयाँ प्रक्रियाको विकाससँगै भौतिक रुपले नै भूमिगत जान सबै सदस्यहरुले आफूलाई मानसिक रुपले तयार पार्ने।
नेतृत्व सम्वन्धमा :
नेतृत्व भन्नाले सामान्यतः सम्पूर्ण पार्टी, विशेषतः हरेक स्तरको नेतृत्वदायी पंक्ति र मुख्यतः केन्द्रीय नेतृत्व भन्ने बुझ्नु पर्दछ। नेतृत्व भनेको वास्तवमा नै सम्पूर्ण आन्दोलनको कूँजी हो। सर्वहारा वर्गको पार्टीमा नेतृत्व पंक्तिको विकास कैयौं वर्षको विचारधारात्मक एवं वर्गसंघर्षको परिणामबाट हुन्छ। संघर्षको नयाँ प्रक्रियामा नेतृत्वको महत्व र जिम्मेवारी आजको स्थिति भन्दा कैयौं गुणा बढ्दछ। त्यसकारण दुश्मनले सबैभन्दा पहिले नेतृत्व पंक्तिलाई नै ध्वस्त पार्ने र जनयुद्धलाई विरुवामा नै निमोठ्ने प्रयास गर्दछ।
वास्तवमा जनयुद्धको जीत र हार, हामीले नेतृत्व पंक्तिलाई बचाउन सक्छौं वा सक्तैनौं र नयाँ नेतृत्व पंक्तिको विकास प्रक्रियालाई सही किसिमले अगाडि बढाउन सक्छौं वा सक्तैनौं भन्ने कुरामा निर्भर हुन्छ। सशस्त्र संघर्षको प्रारम्भिक चरणमा नै नेतृत्वलाई सिध्याउन सफल भएकै कारण विश्वका कैयौं देशहरुमा जनयुद्धले असफलता भोग्नु परेको उदाहरणहरु प्रशस्त छन्। अतः हामीले नेतृत्वको सुरक्षा र विकासका लागि तत्काल निम्न कुराहरुमा ध्यान दिनुपर्दछ–
क) पार्टीलाई आम जनतामा स्थापित गर्ने कामलाई सबैतिरबाट अधिकतम् महत्वका साथ लिनु पर्दछ। पार्टी जति व्यापक रुपमा जनतामा स्थापित हुन्छ, त्यति नै नेतृत्वको सुरक्षा र विकास हुन सक्दछ। आखिर जनताले मात्र आफ्नो नेतृत्वलाई बचाउन सक्दछ।
ख) नेतृत्व सम्बन्धि मार्क्सवाद–लेनिनवाद–माओवादका शिक्षालाई पार्टीभित्र व्यापक रुपमा अध्ययन गर्ने र प्रशिक्षण सञ्चालन गर्ने प्रक्रिया चलाउनु पर्दछ।
ग) सचेत प्रयत्न र अन्तरसंघर्षको माध्यमबाट नेतृत्व पंक्तिलाई नयाँ आवश्यकता अनुसार रुपान्तरित हुन वातावरण तयार पार्नुपर्दछ।
घ) पार्टीभित्र र बाहिर केन्दीय नेतृत्वका साथै सबै स्तरको नेतृत्व स्थापित गर्ने पद्धतिलाई अझ व्यवस्थित रुपमा लागू गरेर जानुपर्दछ।
ङ) हरेक स्तरको कमिटीले मूल नेतृत्व र अन्य सदस्यको कामको क्षेत्र, जिम्मेवारी आदि माथि विचार गरी प्रत्येकका लागि सुरक्षाका ठोस उपायहरु निर्धारण गर्नुपर्दछ। निश्चित अवधिका लागि निश्चित नियम बनिसकेपछि तिनको दृढ परिचालन अनिवार्य हुनेछ।
संयुक्त मोर्चाका सम्बन्धमा :
हाम्रो आफ्नै विशिष्ट स्थितिमा विकास भएको संयुक्त मोर्चाको प्रश्न नितान्त संवेदनशील रहदै आएको छ। विद्यमान मोर्चालाई पार्टीको नेतृत्वमा चल्ने संघर्षको साधन र भावी सत्ताको भ्रुणका रुपमा विकास गरेर लैजाने पार्टीको निर्णय सैद्धान्तिक रुपले अत्यन्त सही र दूरगामी महत्वको छ। तर यसको व्यवहारिक रुपान्तरणको प्रश्न अझै पनि गम्भीर नै छ। सो रुपान्तरणका लागि निम्न कुराहरुमा ध्यान दिनु पर्दछ।
क) जनयुद्धको थालनीको प्रक्रियासंगै सर्वप्रथम मोर्चाको नेतृत्वमा रहेको पार्टीका जिम्मेवारी कमरेडहरु भूमिगत जानुपर्दछ। तत्पश्चात पूरै केन्दीय समिति, जिल्ला र स्थानीय समिति सम्म क्रमशः सबैलाई भूमिगत लैजाने नीति लिनु पर्दछ।
ख) युद्धको विकाससँगै जब छापामार इलाका र आधार इलाकाहरु बन्न थाल्दछन् तब नयाँ सत्ताका रुपमा मोर्चा कमिटीहरुले पुनः खुला रुपले काम गर्न थाल्नेछन्।
ग) थालनीको प्रक्रियासँगै पार्टीका अपिल र अन्य क्रियाकलापलाई मोर्चाले समर्थन गरेर जानेछ। पार्टीलाई आम जनतामा स्थापित गर्न मोर्चाका तर्फबाट अधिकतम् जोड लगाइने छ।
घ) जनाधार राम्रो भएका तथा संघर्षको राम्रो विकास भएका जिल्लाहरुमा मोर्चाले प्रारम्भदेखि नै भूमिगत ढंगले सत्ताको भ्रुणको रुपमा काम गर्न थाल्नेछ।
सेना निर्माण सम्बन्धमा :
अहिले प्रारम्भिक चरणमा विभिन्न स्तरका दलहरुको गठन र परिचालनको प्रक्रियालाई यथासक्य सरल बनाउन जरुरी छ। यसका साथै प्रत्येक पार्टी कमिटी र सदस्यहरु कोही पनि नछुट्ने गरी कुनै न कुनै रुपमा जनयुद्धको प्रक्रियामा सामेल रहने कुराको सुनिश्चितता पनि त्यत्तिकै जरुरी छ। त्यसका लागि निम्न कुराहरुमा ध्यान दिनुपर्दछ–
क) हालका लागि संगठनात्मक जटिलताबाट बच्न र पार्टीको नेतृत्वदायी भूमिका सुनिश्चित गर्न सैनिक आयोगको काम केन्द्रमा पोलिटव्यूरो र त्यो भन्दा तल जिल्ला सम्म जहाँ ती बनेका छन् वा बनाउन आवश्यक छ, त्यहाँ सेक्रेटरीयटले नै सो काम गर्नेछन्। जिल्लाभन्दा तल सेलसम्म सैनिक आयोगको काम सेक्रेटरीहरुले नै गर्नेछन्। अतः सेक्रेटरियटका निर्माण गर्दा सबै पार्टी कमिटीहरुले यो पक्षलाई ध्यान दिनु पर्दछ।
ख) हालका लागि विभिन्न प्रकारका दलहरु जिल्लाअन्तर्गत नै बनाइने छन्। संघर्षको प्रारम्भिक अवस्था र कामको सरलतालाई विचार गरी जिल्ला पार्टीको निर्णय अनुसार सकेसम्म एकै इलाकाका सदस्यहरुबाट एउटा जिल्लामा एक वा सो भन्दा बढी लडाकू दलहरु बनाइनेछन्। ती सबै दलहरु यथा सम्भव डीसीएमहरुको नेतृत्वमा बनाउन उपयुक्त हुनेछ। कार्यवाहीको प्रथम चरणमा दलका सबै सदस्यहरुको स्थायित्वको ग्यारेन्टी हुन सक्ने भएकोले यस सम्बन्धमा पार्टीले लचिलो ढंगले सोच्नुपर्दछ र साहसपूर्वक नयाँ सदस्य भर्ती गर्ने नीति लिनु पर्दछ। लडाकू दलका सदस्यहरु पार्टी सदस्य हुनु अनिवार्य छैन। कमिटीले उपयुक्त देखेका मोर्चाका सदस्य वा सर्मथक जनताबाट सचेत त्यस प्रकारका व्यक्तिहरु लिन सकिन्छ। संघर्षको प्रक्रिया शुरु भइसकेपछि पार्टीले यी दलहरुमा समर्थक शुभचिन्तक जनताबाट लडाकूहरु भर्ती गर्न पटक्कै हिच्किचाउनु हुदैन। संघर्षलाई निरन्तरता दिन र त्यसलाई जनतासंग गाँसेर लैजान पार्टीका तर्फबाट यस ढंगले सोच्ने कुराको निकै ठूलो महत्व छ। संघर्षको विकाससंगै यी दलहरु साँचो अर्थमा नियमित दलमा रुपान्तरित हुदै जानेछन्। हालका लागि लडाकू दलहरुमा ३ देखि ७ जना सम्म मात्र सदस्य रहनु उपयुक्त हुनेछ। एउटै जिल्लामा दशौं दलहरु बन्न सक्दछन्। तर अहिले नै प्लाटुन र कम्पनी जस्तो गरी ठूला दलहरु बनाउनु सैद्धान्तिक र व्यवहारिक दुवै अर्थमा उपयुक्त हुने छैन। निश्चित कार्यवाहीका निमित्त बढी संख्याको आवश्यकता परेमा उपल्लो कमिटीले विभिन्न दलहरुलाई जोड्न सक्दछ।
ग) जिल्ला कमिटीले लडाकू दल बनाउने र सञ्चालन गर्ने प्रक्रिया जस्तै जिल्लाकै रेखदेखमा प्रत्येक एरिया कमिटीहरुले सके सम्म प्रत्येक एरिया सदस्यको नेतृत्वमा पार्टी सदस्य, मोर्चा सदस्य वा समर्थकबाट समेत मानिस लिई गाउँ सुरक्षा दल बनाउने छन्। त्यसरी एउटै एरियामा सम्भव भएसम्म प्रत्येक गाउँमा सुरक्षा दलहरु बनाउन कोशिस गर्नुपर्दछ। लडाकु दल र सुरक्षा दलको भिन्नता, कार्वाही हतियार र तालिमको प्रकृति, मात्रा र गुणद्वारा छुट्टिने कुरा हो। यसबारे गत विस्तारित बैठकको दस्तावेजमा स्पष्ट नीति निर्धारण गरिसकिएको छ।
घ) त्यसरी नै प्रत्येक सेल कमिटीहरुले कामको आवश्यकता अनुसार सकेसम्म हर सदस्यको नेतृत्वमा स्वयंसेवक दल बनाई सञ्चालन गर्नुपर्दछ। एउटा निश्चित काम सकिएपछि त्यसप्रकारका दलहरु भंग हुनेछन्। दलहरु पार्टी सदस्यको नेतृत्वमा मोर्चा सदस्य वा समर्थकहरु लिएर बनाइनेछन्।
उपरोक्त विधिद्वारा गएर नै हामीले सम्पूर्ण पार्टी यन्त्रलाई कुनै न कुनै रुपमा जनयुद्धको काममा संलग्न गराई लडाकु पार्टीको विकास प्रक्रियालाई सुनिश्चित गर्न सक्नेछौं। यहाँ ध्यान दिनुपर्ने कुरा के हुन्छ भने पार्टी सदस्यको क्षमता, रुचि, उमेर अवस्था र आवश्यकता अनुसार सोचाई लजिष्टिक सामग्री निर्माण प्रकाशन लगायतका तमाम कामहरु गर्दा पनि टिमवद्ध रुपमा लगाउने कुरालाई हरेक स्तरको पार्टी कमिटीले गम्भीरतापूर्वक लिनुपर्दछ।
ज.व.स. सम्बन्धमा :
संघर्षको नयाँ प्रक्रियाको विकाससँगै जवसहरुको विद्यमान संरचना र कार्यशैलीमा ठूलो परिवर्तन आउने कुराको चेतना तयारीकै शिलशिलामा पार्टीमा दिइसक्नुपर्दछ। हालका लागि जवसहरुबारे निम्न नीति लिनुपर्दछ।
क) जनयुद्धको थालनीसँगै मजदुर, किसान, विद्यार्थी, महिला, संस्कृति जस्ता प्रमुख जवसहरुका केन्द्रीय नेतृत्वमा प्रमुख सदस्यहरुलाई अर्धभूमिगत जान निर्देशन दिने।
ख) संघर्षको विकाससँगै प्रमुख जवसहरु पूर्णतः भूमिगत जानुपर्ने स्थितिका लागि मानसिक रुपले तयार गर्ने।
ग) सबै प्रमुख जवसहरुका काम कार्वाहीलाई स्थानीय रुपमा नै विशेष क्रियाशील पार्न जोड लगाउने। त्यसका लागि प्रमुख जवसहरुका केन्द्रीय सदस्यहरुलाई पार्टीको नेतृत्वमा स्थानीय क्षेत्रमा नै खटाउने व्यवस्था मिलाउने।
घ) सामान्य प्रकारका जवसहरुलाई पार्टीसँग प्रत्यक्ष सम्बन्ध नदेखाई अप्रत्यक्ष सहयोग गर्ने र खुल्ला रहने नीति अवलम्बन गराउने।
ङ) भारत एवं अन्य देशमा रहेका जवसहरुलाई भने सम्भव भएसम्म खुला रुपले नै काम गराउने।
३. संघर्ष सम्बन्धी काम
जनयुद्ध थालनीभन्दा पहिले संघर्ष सम्बन्धि कामहरु प्रचारात्मक, जनपरिचालन र ग्रामीण वर्गसंघर्ष सम्बन्धि कामहरु नै हुन्। पार्टीले पहिलेदेखि गर्दै आएका यी कामहरु सबै क्षेत्र एवं जिल्लाहरुले आ–आफ्नो स्थिति अनुसार थालनी नहुँदासम्म जारी राख्नेछन्। यहाँ संघर्ष सम्बन्धि काम भन्नाले मुख्यतः जनयुद्ध कुन् कुन् रुपमा कसरी थाल्ने भन्ने हो। यसबारे निम्न कुराहरु ध्यान दिनुपर्दछ।
क) संघर्षका रुपहरु (अवैधानिक)
१. प्रचारात्मक कार्यवाही– लेनिनले भने झैं ‘प्रचार कहिल्यै खेर जाँदैन, वीउ छरेपछि त्यसको फल लिन्छ’ भन्ने मान्यताका आधारमा प्रचारात्मक कार्यवाही गरिनुपर्दछ। पार्टीका नीति र कार्यक्रमबारे मुख्यतः जनयुद्धको नीति, औचित्य र महत्वबारे सशस्त्र वा निशस्त्र ढंगले योजनावद्ध रुपमा गरिने प्रचार नै यसअन्तर्गत पर्दछ। जनयुद्धको पक्षमा पर्चा, पोष्टर, वालिङ्ग, कार्टुन प्रदर्शन, छापामार जुलुस, मशाल जुलुस, घर घरमा गएर गरिने प्रचार लगायतका अनगिन्ती रुपमा यसलाई गर्न सकिन्छ। यस प्रकारका प्रचारका प्रभावकारी रुपहरुको खोजी र प्रयोगमा सबै स्तरका पार्टी कमिटीहरुले सिर्जनात्मकतामा पूरा ध्यान दिनुपर्दछ।
२. सेवोटेज – योजनावद्ध ढंगले सामन्त, जमिन्दार, दलाल एवं नोकरशाही पूँजीपति एवं सरकारी स्वामित्वमा रहेको आर्थिक संयन्त्रमा तोडफोडद्वारा क्षति पु¥याउनु, स्थानीय जाली फटाहा र जासुसहरुको घर र सम्पत्ति क्षतिग्रस्त पार्नु, सरकारी सञ्चार÷यातायात अवरुद्ध पार्नु, बाटो घाटो, पुल, विद्युत लाइनको तोडफोड सबै यही सेवोटेजअन्तर्गत पर्दछन्। कार्यवाहीको यो रुप दुश्मनको लड्ने क्षमता घटाउने छापामारहरुको एउटा प्रभावकारी हतियार हो।
३. गुरिल्ला युद्ध– दुश्मनका विरुद्ध सशस्त्र ढंगले रेड, एम्बुस र एसल्ट गर्नु जस्ता उच्च प्रकारका कार्यवाहीहरु यस अन्तर्गत पर्दछन्। वास्तवमा यो नै छापामार संघर्षको प्रधान रुप हो र हुनुपर्दछ।
४. वर्ग दुश्मन खतम पार्ने कार्वाही– जनतामा बदनाम हत्यारा प्रमुख दुश्मन र जासुसहरुमध्ये सबैभन्दा बदमासहरुलाई छानेर भौतिक रुपमा नै खतम पार्ने कार्वाहीहरु यसअन्तर्गत पर्दछन्। सत्ता कब्जाको प्रक्रियामा यस प्रकारका कार्यवाहीहरु आवश्यकीय रुपमा नै बढ्नेछन्। तर अहिलेको प्रारम्भिक स्थितिमा विशिष्ट केसहरुमा मात्र यी कार्वाहीहरु सक्नेछन्।
उपरोक्त प्रकारका संघर्षका रुपहरुको कार्यान्वयन गर्दा निम्न क्रमलाई ध्यान दिनुपर्दछः मुख्य इलाकाहरुमा संघर्षका रुपहरुको प्राथमिकता क्रम– क) गुरिल्ला युद्ध ख) सेवोटेज ग) वर्ग दुश्मन खतम घ) प्रचारात्मक कार्वाही हुनेछन्।
सहायक इलाकाहरुमा त्यो क्रम क) सेवोटेज, ख) गुरिल्ला युद्ध, ग) प्रचारात्मक, घ) वर्ग दुश्मन खतम हुनेछन्। प्रचारात्मक इलाकामा त्यो क्रम क) प्रचारात्मक ख) सेवोटेज ग) गुरिल्ला युद्ध घ) वर्ग दुश्मन खतम हुनेछन्।
त्यसैगरी दलहरुका हिसाबले संघर्षका रुपहरुको प्राथमिकता क्रम निम्न बमोजिम हुनेछन्। लडाकु दलहरुका लागि क) गुरिल्ला युद्ध ख) सेवोटेज ग) प्रचारात्मक घ) वर्ग दुश्मन खतम। सुरक्षा दलहरुका लागि क) सेवोटेज ख) प्रचारात्मक ग) गुरिल्ला युद्ध घ) वर्ग दुश्मन खतम। स्वयंसेवक दलहरुका लागि क) प्रचारात्मक ख) सामान्य सेवोटेज ग) सरल प्रकारका गुरिल्ला कार्वाही।
इलाकाहरुको हिसाबले जनयुद्धको थालनीका निमित्त संघर्षका रुपहरुको प्रयोगको सीमा निम्न बमोजिम हुनेछन्।
मुख्य इलाकाहरुमा:
क) गुरिल्ला युद्ध– अधिकतम पिओपीमा हमला गर्ने र हतियार कब्जा गर्ने, न्यूनतम सामन्त जाली फटाहाको घर रेड गर्ने वा पुलिस अथवा अन्य दुश्मनलाई एम्बुसद्वारा हमला गर्ने।
ख) सेवोटेज– अधिकतम प्रशासनिक प्रतिष्ठानमा विष्फोट गराउने वा आगो लगाउने, न्यूनतम स्थानीय सामन्त, जाली फटाह र जासुसको आर्थिक क्षति पु¥याउने।
ग) वर्ग दुश्मन खतमः अधिकतम– बदनाम नोकरशाह वा अफिसरलाई खतम पार्ने, न्यूनतम, स्थानीय दुश्मन वा गुण्डाहरुमाथि आक्रमण।
घ) प्रचारात्मकः अधिकतम– आधुनिक हतियारसहित जनतामा टीमवद्ध प्रचार गर्ने, न्यूनतम– निशस्त्र र टीमवद्ध प्रचार गर्ने, वालिङ्ग, पर्चा, पोष्टर आदि।
सहायक इलाकाहरुमाः
क) सेवोटेज– मुख्य इलाकाको जस्तै गर्ने।
ख) गुरिल्ला युद्ध– मुख्य इलाकाको न्युनतम जस्तै गर्ने।
ग) प्रचारात्मक– अधिकतम– स्थानीय हतियारसहित टीमवद्ध प्रचार गर्ने, न्युनतम– पर्चा, पोष्टर, वालिङ्ग, घर घरमा गई प्रचार गर्ने।
घ) वर्ग दुश्मन खतम– विशिष्ट स्थितिमा स्थानीय सामन्त, जाली फटाहा र गुण्डामाथि आक्रमण गर्ने।
प्रचार इलाकाहरुमाः
क) प्रचारात्मकः अधिकतम– पर्चा, पोष्टर, वालिङ्ग, कार्टुन, जुलुस आदि। न्युनतम– घर घरमा गई प्रचार गर्ने।
ख) सेवोटेज– स्थानीय सामन्ती, जाली फटाहाको आर्थिक क्षति पु¥याउने।
ग) गुरिल्ला कार्वाही– सहायक इलाका जस्तै गर्ने।
घ) वर्ग दुश्मन खतमः अधिकतम– क्षेत्रको स्वीकृति लिई विशिष्ट केसमा वर्ग दुश्मन खतम न्युनतम– बदमासहरुलाई शारीरिक दण्डसम्म मात्र।
मुख्य इलाकाहरुमा जनयुद्धको थालनीका लागि कार्वाहीको निशाना र अन्य योजना मूर्त रुपमा केन्द्रीय कार्यालय र क्षेत्र मिलेर बनाइनेछन्। सहायक इलाकाहरुमा त्यो योजना क्षेत्रीय कार्यालय र उपक्षेत्र इन्चार्ज मिलेर बनाउनेछन्। प्रचार इलाकाहरुमा उपक्षेत्र ईन्चार्ज र जिल्ला समिति मिलेर बनाउनेछन्। सुरक्षा दल र स्वयंसेवक दलको ठोस योजना क्षेत्रको निर्देशनमा जिल्लाहरुले नै बनाउनेछन्। तर त्यसो गर्दा जिल्लाले एरियामा र एरियाले सेलमा नै गएर कार्वाहीको मूर्त योजना बनाउनुपर्नेछ। उपरोक्त नीति अनुसार संघर्षका रुपहरुको प्रयोगका लागि आवश्यक सबै तयारी यसै निर्धारित अवधिमा पूरा गर्नुपर्नेछ।
संघर्षका वैधानिक रुपहरुबारेः
संघर्षको प्रधान रुप अवैधानिक र सशस्त्र हुन्छ भन्ने कुरा माथिको योजनामा स्पष्ट अभिव्यक्त भएको छ। योजना कार्यान्वयनको प्रक्रियामा पार्टीले व्यापक जनसमुदायलाई परिचालन गरी विभिन्न प्रकारका जनकार्वाही ९ःबकक ब्अतष्यल० पनि गर्नुपर्दछ। ती पनि अवैधानिक र सशस्त्र कार्वाहीभित्रै पर्दछन्। तर संघर्षको सहायक रुप वैधानिक ढंगको राष्ट्रियता, जनतन्त्र एवं जनजिविकाका विविध समस्याहरुलाई लिएर विविध रुपमा जनआन्दोलन उठाउने कुरा र त्यसको महत्वलाई पार्टीले कहिल्यै बिर्सनुहुन्न। त्यसरी वैधानिक संघर्षको सहयोग जुटाउन सकिएन भने सशस्त्र संघर्ष अलगावमा पर्ने खतरा उत्पन्न हुन्छ भन्ने तथ्यलाई हरेक स्तरको पार्टी कमिटीले गम्भीरतापूर्वक लिनुपर्दछ। त्यसका निमित्त जनयुद्धको थालनी पश्चात निम्न तरीकाले जानको लागि आवश्यक तयारी गर्दै जानुपर्दछ।
क) सरकारी दमनका विरुद्ध विभिन्न स्तरमा विभिन्न जवसहरुका तर्फबाट विरोध ¥याली, सभा र अन्य कार्यक्रम गर्ने।
ख) विभिन्न प्रकारका सामाजिक संघसंस्थालाई जनपरिचालनका निमित्त उपयोग गर्ने।
ग) आवश्यकताअनुसार वैधानिक क्रियाकलापका निमित्त विभिन्न स्तरमा विभिन्न नामबाट जनअधिकार समितिहरु बनाई जनपरिचालन गर्ने।
घ) मजदुर, किसान, महिला, विद्यार्थी, बुद्धिजीवी लगायतका विभिन्न जन–वर्गका पेशागत समस्याहरुलाई लिएर केन्द्रीय र मुख्यतः स्थानीय रुपमा संघर्ष उठाउन प्रयास गर्ने आदि।
ङ) विभिन्न प्रकारका दलहरुका निमित्त निर्देशिका तयार पारी एक चरण अध्ययन गराउने।
४. प्राविधिक कामका सम्बन्धमाः
निश्चित अवधिमा प्राविधिक पक्षमा निम्न कुराहरु पूरा गर्न ध्यान दिनुपर्दछ।
क) टार्गेटको छनौट, सर्वेक्षण र आवश्यक नक्साहरु संकलन गर्ने।
ख) जनयुद्धको थालनीको योजना बमोजिम सोको निमित्त आवश्यक न्यूनतम सामग्रीहरु संकलन गर्ने।
ग) थालनीका निमित्त योजना बमोजिम दलहरुलाई प्राविधक प्रशिक्षण दिने।
घ) सबै स्तरका पार्टी कमिटीहरुले न्यूनतम रुपमा रासन पानी, औषधीमूलो, लत्ता कपडा लगायतका लजिस्टिकको नियमित आपूर्तिको व्यवस्थापन गर्ने।
ङ) सबै स्तरका पार्टी कमिटीहरुले ड्रेन, ड्रम, डम्प र विभिन्न कामका निमित्त आवश्यक सुरक्षित स्थलहरुको खोजी र निर्धारण गर्ने।
च) सबै स्तरका पार्टी कमिटीहरुले न्यूनतम रुपमा नगद कोष व्यवस्था गर्ने।
छ) भूमिगत सञ्चार प्रणालीको व्यवस्था गर्ने।
ज) अन्तराष्ट्रिय सम्बन्ध र प्रचारको कामलाई व्यवस्थित गर्ने।
झ) सैन्य कार्वाहीको दिशा एवं मुख्य, सहायक र प्रचार इलाकाको निर्धारण गर्ने।
ञ) निरन्तरताको यो प्रक्रिया निश्चित अवधिका लागि मात्र हुनेछ। सोपश्चात थालनीका सम्पूर्ण क्रियाकलाप र त्यसका परिणामको मूल्यांकन गरी केन्द्रले नयाँ योजना तयार पारी कार्यान्वयनमा ल्याउने छ।
पुनश्चः माथि उल्लेखित तयारी सम्बन्धि सबै कामहरु प्रवास र उपत्यकाञ्चलमा अन्यत्र जस्तै सामान्य विधिद्वारा गर्न सम्भव नहुने भएकोले क्षेत्रीय विशेषता अनुसार अत्यन्त भूमिगत रुपमा क्षेत्रको प्रत्यक्ष नियन्त्रण र निर्देशनमा गर्नुपर्दछ। प्रचार गर्ने, सञ्चित शक्ति निर्माण गर्ने तथा लडाकु आपूर्ति गर्ने हिसाबले प्रवासको कामलाई संगठित गरिनुपर्दछ। उपत्यकाञ्चलमा प्रचार गर्ने, कार्यकर्ता तयार पारी गाउँतिर पठाउने, गाउँको संघर्षलाई सहयोग पुग्ने किसिमले कार्वाहीहरु गर्ने तथा अहिलेदेखि नै भावी विद्रोहको तयारीका रुपमा कामहरुलाई संगठित गर्नुपर्दछ। अर्वान गुरिल्ला वारफेयरको कार्यनीति अपनाउने ।
द्वितीय उप–चरण (जनयुद्धको थालनी)
प्रथम उपचरणका कामलाई निश्चित अवधिमा अभियानका रुपमा सम्पन्न गरेपछि यो सम्पूर्ण योजनाको केन्द्रीय भाग, दोस्रो उपचरण जनयुद्धको ऐतिहासिक थालनी गर्नुहुनेछ। थालनीको सन्दर्भमा निम्न कुराहरुमा स्पष्ट हुन जरुरी छ।
१. जनयुद्धको थालनी गर्ने काम पार्टीको पूरानो प्रक्रियाबाट नयाँ प्रक्रियामा क्रमशः विकासका रुपमा नभएर एक ठूलो धक्का र फड्कोका रुपमा हुनेछ।
२. यो थालनी वा सम्पूर्ण कार्वाहीहरु सामन्त, नोकरशाह र दलाल पूँजीपति वर्गका विरुद्ध केन्द्रित एवं परिलक्षित हुनेछन्।
३. जनयुद्धको यो थालनी निश्चित मितिमा एकै दिन देशका सबै क्षेत्रमा योजना मुताविक निर्धारित प्रतिनिधि कार्यवाहीद्वारा हुनेछ।
४. थालनीकै दिन “जनयुद्धको बाटोमा अघि बढौं” भन्ने मूल नारासहितको एक ऐतिहासिक पर्चा देशव्यापी रुपमा वितरण गरिनेछ र जनयुद्धको भाव झल्केको एक पोष्टर पनि सोही दिन देशभरि टाँसिनेछ।
५. समग्र पक्षमाथि विचार गरी थालनीको निश्चित मिति र दिन केन्द्रीय कार्यालयले निर्धारण गर्नेछ।
६. थालनीको दिन संघर्षका रुपहरुमा गुरिल्ला युद्ध, सेवोटेज र प्रचारात्मक कार्यवाही मात्र प्रयोगमा ल्याइनेछन्।
तृतीय उपचरण (जनयुद्ध थालनीको निरन्तरता)
यो उपचरण योजनाको अन्तिम भाग हुनेछ। यसअन्तर्गत निम्न कुराहरु गरिनेछन्ः
१. मुख्यतः सहायक र प्रचारात्मक सबै इलाकाहरुमा सबै प्रकारका दलहरुका निमित्त तयारीकै क्रममा मूर्तिकरण गरिएका संघर्षका कार्यक्रमहरुलाई कार्यान्वयन गरिनेछ।
२. उपचरण थालनीको विस्तारका रुपमा हुनेछ। प्रथम उप–चरणका कामलाई निश्चित अवधिमा अभियानका रुपमा सम्पन्न गरेपछि यो सम्पूर्ण योजनाको केन्द्रीय भाग, दोस्रो उपचरण जनयुद्धको ऐतिहासिक थालनी गर्नुहुनेछ। थालनीको सन्दर्भमा निम्न कुराहरुमा स्पष्ट हुन जरुरी छ।
१. जनयुद्धको थालनी गर्ने काम पार्टीको पूरानो प्रक्रियाबाट नयाँ प्रक्रियामा क्रमशः विकासका रुपमा नभएर एक ठूलो धक्का र फड्कोका रुपमा हुनेछ।
२. यो थालनी वा सम्पूर्ण कार्वाहीहरु सामन्त, नोकरशाह र दलाल पूँजीपति वर्गका विरुद्ध केन्द्रीत एवं परिलक्षित हुनेछन्।
३. जनयुद्धको यो थालनी निश्चित मितिमा एकै दिन देशका सबै क्षेत्रमा योजना मुताविक निर्धारित प्रतिनिधि कार्यवाहीद्वारा हुनेछ।
४. थालनीकै दिन “जनयुद्धको बाटोमा अघि बढौं” भन्ने मूल नारासहितको एक ऐतिहासिक पर्चा देशव्यापी रुपमा वितरण गरिनेछ र जनयुद्धको भाव झल्केको एक पोष्टर पनि सोही दिन देशभरि टाँसिनेछ।
५. समग्र पक्षमाथि विचार गरी थालनीको निश्चित मिति र दिन केन्द्रीय कार्यालयले निर्धारण गर्नेछ।
६. थालनीको दिन संघर्षका रुपहरुमा गुरिल्ला युद्ध, सेवोटेज र प्रचारात्मक कार्यवाही मात्र प्रयोगमा ल्याइनेछन्।
यो योजनाका अन्य महत्वपूर्ण कुराहरुः
क) केन्द्रीय कार्यालयः जनयुद्धको ऐतिहासिक पहल लगायतका पार्टीका समग्र क्रियाकलापको मुटुका रुपमा केन्द्रीय कार्यालयलाई नयाँ निर्णयको भावनाअनुसार भूमिगत रुपले वयवस्थित पार्नु पर्दछ। त्यसका लागि भूमिगत सञ्चार व्यवस्था, स्टाफ र अन्य आवश्यक तयारी तत्काल गरिनुपर्दछ। नयाँ निर्णयअनुसार रुपान्तरणको प्रक्रिया केन्द्रीय कार्यालयबाट नै थाल्नु पर्दछ।
ख) सञ्चारबारेः जनयुद्धको थालनीपछि प्रतिक्रियावादका तर्फबाट हुने दमनलाई मध्यनजर गरी केन्द्र, क्षेत्र र जिल्ला सबैले भूमिगत सञ्चार प्रणालीको व्यवस्था गर्ने कामलाई उच्च प्राथामिता दिनुपर्दछ। त्यसका लागि तत्काल निम्न कुरामा ध्यान दिनुपर्दछ–
१. घटनाक्रमको जानकारी तुरुन्त माथिल्लो कमिटीमा पु¥याउन र माथिको निर्देशन प्राप्त गर्न अप्रत्यक्ष तरिका मिलाई कोडको प्रयोग गर्ने।
२. दस्तावेज चिठी पत्र आदिको आदानप्रदानका लागि निश्चित कोरियर, भूमिगत बाटोघाटो एवं सुरक्षित स्थलहरुको व्यवस्था गर्नु।
३. टेक सम्बन्धी सामग्रीको ओसारपसारका लागि अलग व