बदामको खोस्टाभित्र ४५ लाख विदेशी मुद्रा भेटियो

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १२ : २३


नयाँ दिल्ली । भारतीय प्रहरीले अवैध रुपमा तस्करी गर्न लागिएको ४५ लाख विदेशी मुद्रा बरामद गरेको छ।

नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले बदामको खोस्टाभित्र लुकाएर तस्करी गरिन लागेको ४५ लाख विदेशी नियन्त्रणमा लिएको हो। 

भारतको केन्द्रीय औद्योगिक सुरक्षा बल (सिआइएसएफ) ले चेकजाँचका क्रममा उक्त अवैध रकम भेटाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

बदाम भित्र विदेशी मुद्रा एकदम सानो आकारमा मोटो पारेर प्याकिङ गरेको देख्दा प्रहरी नै अचम्ममा परेको थियो। 

तस्करहरूले बिस्कुट र मिठाइका डिब्बा भित्र पनि विदेशी मुद्रा लुकाएका थिए।


प्रतिक्रिया दिनुहोस्