बाबुराम भट्टराई र माधव नेपाल विरुद्ध मुद्धा चलाउन माग गर्दै सर्वोच्चमा निवेदन

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : ३७


काठमाडौं । बालुवाटार जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्धा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । 

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौति दिँदै रिट दायर गरेका हुन।

नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री थिए। सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

अख्तियारले गत बुधबार तत्कालिन ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।


प्रतिक्रिया दिनुहोस्