ललितपुरमा सुन पसलबाट करोडको सुन लुटियो

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : २३


काठमाडौं । ललितपुरको पुल्चोक क्षेत्रको एक सुन पसलबाट करोड बढीको सुन लुटिएको छ। प्रहरीले एक सुन पसलबाट लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध महाशाखा ललितपुरको टोलीले उनीहरूलाई सतुंगल र थानकोटबाट पक्राउ गरेको हो।

एक साताअघि रातको समयमा पसल फोडेर ‘सेफ’ चोरी भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकबहादुर राईले जानकारी दिनुभयाे । प्रहरीले पक्राउ तीन जना भारतीय भएको बताए पनि उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।


प्रतिक्रिया दिनुहोस्