काठमाडाैं । चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई क्रिकेटर सन्दिप लामिछानेले ७० हजार ७ सय ४८ रुपैयाँ सहयोग गर्ने भएका छन् । सन्दिपले नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक लिगमा प्रत्येक विकेटबराबर हजार ८ सय ४८ रुपैयाँ रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेका थिए ।
घोषणाअनुसार सन्दिपले गर्ने सहयोग रकम ७० हजार ७ सय ४८ पुगेको हो । माघ २२ देखि २९ आजसम्म काठमाण्डुमा भएको त्रिकोणात्मक लिगमा सन्दिपले ८ विकेट लिएका छन् । गत वर्षबाट निर्माण सुरु गरिएको रंगशाला धुर्मुस सुन्तलीको अगुवाइमा निर्माण भइरहेको छ ।