विजयको अन्डरवेयरभित्र वीर्य, मुनाको स्तनमा दाँतको डाम !

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ७ : २८


काठमाडौं । कामदारमा महिला अंगप्रतिको आशक्ति– प्रहरी स्रोतका अनुसार यो हो सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्याको कारण । सोमबार बिहान पूर्वसचिव कार्की पशुपतिनाथ जान्छु भनी घरबाट निस्किएका थिए । फर्किंदा पत्नी मुना रगताम्य भएर भान्सामा ढलेकी थिइन् भने कामदार विजय चौधरी अर्कातिर लमतन्न परेका थिए ।

सीसीटीभी फुटेजअनुसार विजयले मुनालाई प्लास्टिकको पिर्काले टाउकामा आक्रमण गर्नुअघि फ्लोरमा पर्खिएर बसेका थिए । विजयले मुनालाई केही भन्न खोजेको र मुनाले केही अस्वीकार गरेजस्तो हाउभाउ फुटेजबाट बुझिन्छ । त्यसपछिको केही समय उनीहरू दृश्यबाट बाहिरिन्छन्। बाहिरिएको दृश्य पनि सीसीटीभीमा देखिन्छ । निस्कनुअघि नै विजयले मुनालाई प्लास्टिकको पिर्काले आक्रमण गर्दा उनी ढलेकी थिइन् । तर प्लास्टिकको आक्रमणले मान्छे ठहरै मर्न भने सक्दैन ।

फुटेजमा उनीहरू नदेखिएको समयमा विजयले मुनामाथि कुनै किसिमको शारीरिक दुर्व्यहार गरेको हुनुपर्ने प्रहरीको अनुमान छ । नाइलनको डोरीले आफ्नो घाँटीमा पासो लगाए पनि विजयको मृत्यु डोरी चुँडिएर भुइँमा बजारिँदा टाउकामा चोट लागेपछि भएको छ । मुनाको भने श्वासप्रश्वास अवरुद्ध पार्दै हत्या गरिएको छ । विजयको अन्डरवेयरभित्र वीर्य स्खलित छ भने रगतको डाम पनि छ। मुना महिनावारी भएको देखिन्छ । मुनाको टाउको र गालामा गहिरो चोट छ भने आँखामा नीलडाम छ।

विजयको भने हातमा चोट र अन्डरवेयरमा फोहोर भेटिएको अनुसन्धानरत प्रहरीले जनाएको छ । मुनाको शव अध्ययन गर्दा उनको देब्रे स्तनमा दाँतको डाम रहेको अनुसन्धानकर्मी प्रहरीले बताए । प्रहरीको अनुमानअनुसार महिनावारीका कारण मुनाको शरीर शिथिल थियो । त्यस्तो अवस्थामा विजयले उनको अंगमाथि अनुचित व्यवहार गर्न खोज्दा केही न केही असमझदारी भएको हुनुपर्छ ।

त्यही असमझदारीको आवेशमा विजयले उनको हत्या गरे । अनुसन्धान क्रममा प्रहरीले छरछिमेक र आफन्तहरूसँग सोधपुछ गर्दा मुना र पति अर्जुन र पति अर्जुनबीच असझदारी बढेको पाएको थियो । तर सोमबारको घटनामा अर्जुनको उपस्थिति थिएन । उनी सधैं बिहानै उठेर घरबाट निस्कने, खाना खान जाने र दिउँसो फेरि निस्कने गर्थे ।

-जनआस्था साप्ताहिक


प्रतिक्रिया दिनुहोस्