काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग– २ को अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी भएको छ ।
टस जितेर ब्याटिङको निम्तो पाएको अमेरिका १२ ओभरमा अलआउट हुँदा मात्र ३५ रन जोड्न सक्यो । ३६ रनको लक्ष्य नेपालले दुई विकेट गुमाएर पूरा ग-यो ।
ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शुन्य रनमा आउट भएपछि पारस खड्का र दीपेन्द्रसिंह ऐरले उक्त लक्ष्य पूरा गरेका थिए । पारसले १२ बलमा २० रन र ऐरले ११ बलमा १५ रन बनाएका थिए । अमेरिकालाई ३५ रनमा समेट्न सन्दीप लामिछाने र सुशन भारीले कसिलो बलिङ गरेका थिए ।
उनीहरु दुवैले अमेरिकाको १० विकेट बाँडेर लिए ।
सन्दीपको नाममा ६ र सुशनको नाममा ४ विकेट परेको थियो ।
अमेरिकाको तर्फबाट सुरुवाती ब्याट्सम्यान जेभियर मार्सलले १६ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।