काठमाडौँ । साताको चाैथाे दिन आज बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । मंगबार सुन प्रति तोला ७५ हजार ९ सय रुपैयामा कारोबार भैरहेकोमा आज घटेर ७५ हजार ७ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै मंगलबार तेजावी सुन तोलामा ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएकाेमा आज घटेर ७५ हजार ४ सयमा काराेबार भइरहेकाे छ । यसैगरी मंगलबार चाँदीको मूल्य प्रति तोला ८ सय ८० रुपैयाँमा कारोबार भएकाेमा आज ८ सय ७५ रूपैयाँमा काराेबार भइरहेकाे छ।