वीरगञ्ज सुक्खा बन्दरगाहको ठेक्का रकम ४ गुणा बढ्यो

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १ : २३


वीरगञ्ज । डेढ दशकमा वीरगञ्ज सुख्खा बन्दरगाहको ठेक्का रकम ४ गुणा बढेको छ। 

सन् २००४ मा ५३ करोड रुपैयाँमा लागेको बन्दरगाह व्यवस्थापनको ठेक्का रकम आगामी ५ वर्षका लागि कम्तीमा २ अर्ब ४० लाख रुपैयाँ राखेर आह्वान गरिएको छ।

ठेक्काका लागि पाँचओटा भारतीय कम्पनीले आवेदन दिएको नेपाल इन्टरमोडल यातायात विकास समिति (एनआईटीडीबी) का उपनिर्देशक हरेकृष्ण मिश्रले बताउनुभयो। मिश्रका अनुसार अहिले ती कम्पनीको प्रस्ताव अध्ययन भइरहेको छ।

भारतीय रेलवेको भगिनी संस्था भारतीय कन्केटर निगम लिमिटेड (कोन्कर) पनि यस पटक प्रतिस्पर्धा गरेको छ। अहिले यो बनदरगाह कोन्करको ४० प्रतिशत साझेदारी रहेको हिमालयन टर्मिनलले सञ्चालन गरिरहेको छ। यो कम्पनीले सन् २००४ देखि बन्दरगाह सञ्चालन गर्दै आएको छ।

यसपटक आम्दानी लिजिस्टिक्स लिमिटेड, प्रिस्टाइन लिजिस्टिक्स, जेएम बक्सी समूह र अपना लिजिस्टिक सोलुसन–जगदम्बा जेभीले पनि टेन्डर हालेको एनआइटीडीबीले बताएको छ। आजको आर्थिक अभियान दैनिकमा खबर छ। 


प्रतिक्रिया दिनुहोस्